ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

बीपीएलको रोमाञ्चक खेलमा सन्दीप लामिछाने आवद्ध टिमको विजयी सुरुवात

काठमाडौं  ।  बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्स विजयी भएको छ। 

पहिलो खेलमा सन्दीपको टिम वारियर्सले सिलेट टाइटन्सलाई दुई बल बाँकी हुँदा आठ विकेटले जितेको हो । सुरुमा ब्याटिङ गरेको सिलेटले राजशाहीलाई पाँच विकेटको क्षतिमा १९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।  उक्त लक्ष्य पछ्याएको राजशाहीले १९ ओभर चार बलमा १९२ रन बनाउँदै आठ विकेटको जित निकालेको हो ।

सन्दीपले चार ओभर बलिङ गर्दै दुई विकेट हात पर्नुभएको हो । उहाँले ३८ रन खर्चिनुभयो ।

राजशाहीको रोमाञ्चक जितमा नजमुल हुसेन शान्तोले शतक प्रहार गर्नुभयो । ६० बल खेल्दा १० चौका र पाँच छक्का प्रहार गर्नुभएका शान्तोले नटआउट १०१ रन बनाउनुभएको हो । उसका लागि मुशफिकुर रहिमले अर्धशतक बनाउनुभयो । उहाँले चार चौका र दुई छक्काको मद्दतमा ५१ रन बनाउनुभएको हो ।

यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्समा अनुबन्ध हुनुभएको हो । यसअघि सन्दीपले सिलेट टाइटन्सबाट बीपीएल खेल्नुभएको थियो।

  himalayanvoice.com | ११ पुष २०८२, शुक्रबार १६:५१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online