ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

बीपीएलको रोमाञ्चक खेलमा सन्दीप लामिछाने आवद्ध टिमको विजयी सुरुवात

काठमाडौं  ।  बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्स विजयी भएको छ। 

पहिलो खेलमा सन्दीपको टिम वारियर्सले सिलेट टाइटन्सलाई दुई बल बाँकी हुँदा आठ विकेटले जितेको हो । सुरुमा ब्याटिङ गरेको सिलेटले राजशाहीलाई पाँच विकेटको क्षतिमा १९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।  उक्त लक्ष्य पछ्याएको राजशाहीले १९ ओभर चार बलमा १९२ रन बनाउँदै आठ विकेटको जित निकालेको हो ।

सन्दीपले चार ओभर बलिङ गर्दै दुई विकेट हात पर्नुभएको हो । उहाँले ३८ रन खर्चिनुभयो ।

राजशाहीको रोमाञ्चक जितमा नजमुल हुसेन शान्तोले शतक प्रहार गर्नुभयो । ६० बल खेल्दा १० चौका र पाँच छक्का प्रहार गर्नुभएका शान्तोले नटआउट १०१ रन बनाउनुभएको हो । उसका लागि मुशफिकुर रहिमले अर्धशतक बनाउनुभयो । उहाँले चार चौका र दुई छक्काको मद्दतमा ५१ रन बनाउनुभएको हो ।

यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्समा अनुबन्ध हुनुभएको हो । यसअघि सन्दीपले सिलेट टाइटन्सबाट बीपीएल खेल्नुभएको थियो।

  himalayanvoice.com | ११ पुष २०८२, शुक्रबार १६:५१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online