काठमाडौं । डा निकोलस भुसाल र हरिश विष्टबीच सरकारसँग छ बुँदे सहमति भएपछि ११ औँ दिनमा अनसन तोडिएको छ ।
बालुवाटारमा भएको सहमतिपत्रमा डा भुसाल, विष्ट तथा सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गर्नुभएको हो ।
सहमतिपछि प्रधानमन्त्री सुशीला कार्कीले दुवैजनालाई बालुवाटारमा जुस खुवाएर अनसन तोडाउनुभएको थियो । सहमतिले दुवै पक्षबीच देखिएका विवाद समाधानतर्फ अघि बढेको जनाइएको छ ।
अनसन तोडिएसँगै आन्दोलन स्थगित गरिएको छ । सहमतिका बुँदाहरू कार्यान्वयनका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाइने सहमतिपत्रमा उल्लेख छ ।
प्रतिक्रिया