ट्रेण्डिङ्ग:

नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज परिस्थितिका बीच यूएईमा रहेका नेपालीहरूको अवस्थाबारे यकिन सूचना संकलन गर्न र आवश्यक उद्धार तथा समन्वयका लागि परराष्ट्र मन्त्रालयले नयाँ अनलाइन पोर्टल निर्माण गरेको छ। दूतावासले समस्यामा परेका नेपालीहरूलाई तत्काल आफ्नो विवरण उक्त पोर्टलमा अद्यावधिक (अपडेट) गर्न अपिल गरेको छ।

यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण भिसाको म्याद सकिएर युएईमै बस्नुपरेका (ओभरस्टे भएका) नेपाली नागरिकहरूलाई जरिवाना (फाइन) नलाग्ने स्पष्ट पारेको छ।

दूतावासले मङ्गलबार एक सूचना जारी गर्दै फेब्रुअरी २८ तारिखपछि भिसाको म्याद सकिएर ओभरस्टे भएकाहरूको हकमा कुनै पनि जरिवाना नलाग्ने जानकारी प्राप्त भएको जनाएको हो। दूतावासले यस विषम परिस्थितिमा नआत्तिन र संयमता अपनाउन सम्पूर्ण नेपालीहरूलाई आग्रह गरेको छ।

मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज परिस्थितिका बीच यूएईमा रहेका नेपालीहरूको अवस्थाबारे यकिन सूचना संकलन गर्न र आवश्यक उद्धार तथा समन्वयका लागि परराष्ट्र मन्त्रालयले नयाँ अनलाइन पोर्टल निर्माण गरेको छ। दूतावासले समस्यामा परेका नेपालीहरूलाई तत्काल आफ्नो विवरण उक्त पोर्टलमा अद्यावधिक (अपडेट) गर्न अपिल गरेको छ।

दूतावासका अनुसार पहिलो चरणमा विशेष गरी दुई प्रकृतिका समस्यामा परेका नागरिकहरूलाई प्राथमिकतामा राखेर विवरण मागिएको छ। जसमा विभिन्न मुलुकहरूबाट ट्रान्जिट हुँदै नेपाल फर्कने क्रममा यूएईको विमानस्थलमा अलपत्र परेका नेपालीहरू पहिलो प्राथमिकतामा छन्।

त्यसैगरी, यूएईको भिसा समाप्त भइसकेका वा कम्पनीबाट भिसा रद्द गराएर नेपाल फर्कन हवाई टिकटसमेत काटिसकेका तर हालको परिस्थितिले गर्दा रोकिएर असहज अवस्थामा पुगेका नागरिकहरूले पनि यथाशीघ्र आफ्नो विवरण भर्नुपर्नेछ।

  himalayanvoice.com | १९ फाल्गुन २०८२, मंगलवार १३:४५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online