ट्रेण्डिङ्ग:
|इरानमाथि अमेरिकी नाकाबन्दीले जहाजहरूलाई कसरी घुम्न अनुमति दियो?|फ्लोरिडाको ‘एलिगेटर अल्काट्राज’ मा गार्डहरूले बन्दीहरूलाई कुटे र खुर्सानी छर्के – वकिल|आइटिएफ टेनिसको सेमिफाइनल समीकरण पूरा|सुनचाँदीको मूल्यमा सामान्य वृद्धि|सुरक्षा संयन्त्रको जाँचबुझ गर्न प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन|तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा|काँग्रेस कार्यबहाक सभापति खड्कालाई सातदिने स्पष्टीकरण|क्यालिफोर्नियाको सानफ्रान्सिस्को सीटीद्वारा नेपाली नयाँ वर्ष वैशाख १ लाई मान्यता|दीपक खड्काको मुद्धामा अनुसन्धान फाइल झिकाउने आदेश|सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

अमेरिकन भिसाका लागि नेपाली आवेदकले पनि बुझाउनुपर्नेछ १५ हजार डलर सम्म धरौटी यो व्यवस्था विशेष गरी बी-१, बी-२ (व्यवसाय तथा पर्यटक) भिसाका लागि लागू हुने जनाइएको छ। बन्डको रकम भिसा अन्तर्वार्ताकै क्रममा निर्धारण गरिनेछ। बन्ड तिरे पनि भिसा स्वीकृत हुने निश्चित भने हुँदैन । तर, भिसा अस्वीकृत भएमा वा भिसा धारकले समयमै अमेरिका छोडेर भिसाका सर्तहरू पालना गरेको प्रमाणित गरेपछि उक्त रकम फिर्ता हुने विदेश मन्त्रालयले स्पष्ट पारेको छ ।

लस-एन्जलस । ट्रम्प प्रशासनले लागू गर्न लागेको नयाँ भिसा बन्ड नीतिअन्तर्गत नेपाल पनि समावेश भएको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार जनवरी २१ देखि नेपालसहित थप २५ देशका नागरिकले अमेरिकामा प्रवेशका लागि भिसा लिनुअघि धरौटी बुझाउनुपर्नेछ । अमेरिकी विदेश मन्त्रालयले निर्धारण गरेको मापदण्ड अनुसार १५ हजार अमेरिकी डलर सम्मको बन्ड (धरौटी) बुझाउनुपर्ने व्यवस्था लागू गरिएको हो ।

यो व्यवस्था विशेष गरी बी-१, बी-२ (व्यवसाय तथा पर्यटक) भिसाका लागि लागू हुने जनाइएको छ। बन्डको रकम भिसा अन्तर्वार्ताकै क्रममा निर्धारण गरिनेछ। बन्ड तिरे पनि भिसा स्वीकृत हुने निश्चित भने हुँदैन । तर, भिसा अस्वीकृत भएमा वा भिसा धारकले समयमै अमेरिका छोडेर भिसाका सर्तहरू पालना गरेको प्रमाणित गरेपछि उक्त रकम फिर्ता हुने विदेश मन्त्रालयले स्पष्ट पारेको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार उच्च ‘ओभरस्टे’ दर र कागजात सुरक्षासम्बन्धी कमजोरी भएका देशका आवेदकहरूलाई लक्षित गरी यो नीति विस्तार गर्न लागिएको हो । यसअघि अगस्टमा सीमित देशलाई समेटेर परीक्षण (पाइलट) कार्यक्रम सुरु गरिएको थियो ।

ट्रम्प प्रशासनले भिसा आवश्यक पर्ने सबै देशका नागरिकका लागि अनिवार्य प्रत्यक्ष अन्तर्वार्ता, विगतका वर्षहरूको सामाजिक सञ्जाल इतिहास खुलाउने तथा परिवारको यात्रा र बसोबास सम्बन्धी विवरण बुझाउने व्यवस्था यस अघिनै लागू गरिसकेको छ। साथै, सन् २०२५ डिसेम्बर २६ देखि गैर–नागरिकको आवतजावतमा अनुहार पहिचान प्रविधि विस्तार गरिएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ आप्रवासन पहल घोषणा गरेका छन्, जसले अमेरिकी नागरिकतासम्म पुग्ने नयाँ र सरल मार्ग बताइएको छ।

  himalayanvoice.com | २३ पुष २०८२, बुधबार १४:०३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online