ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

सदस्यलाई हेपेर पार्टी सञ्चालन गर्ने तरिका आजदेखि भत्कियोः महामन्त्री थापा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखि पार्टी सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका अब भत्किएको बताउनुभएको छ। 

काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो।

उहाँले विशेष महाधिवेशन कोही बन्ने नबन्ने विषय नभई संघर्षको विषय भएको बताउनुभयो। विशेष महाधिवेशन आफूहरुको नभई प्रतिनिधिको मागअनुसार आह्वान भएको भन्दै बन्दसत्रले जे निष्कर्ष निकाले पनि स्वीकार्य हुने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘लामो समयदेखि पार्टी सञ्चालनको जुन तरिका थियो आजदेखि त्यो भत्कियो। अब कसैले पनि पार्टीको सदस्यलाई हेप्न सक्दैन। अब माथि बस्नेले तल बस्नेलाई सलाम गर्नुपर्छ, तलबाट माथि होइन। यो संघर्ष पार्टीभित्रको कोही बन्ने नबन्ने भन्ने संघर्ष होइन। पार्टी कसरी चलाउने भन्ने विषयसँग जोडिएको विषय पनि हो। भोलि बन्दसत्र छ। मैले पार्टी केन्द्रको रुपमा यो महाधिवेशनको आयोजना गरेको भए यसको एजेण्डा यो यो छ सम्भवतः यहाँ गएर टुंगिन्छ भनेर भन्नसक्थे होला तर यो त सदस्यले मागेर भएको महाधिवेशन हो। तपाईंहरुले नीति पनि बदल्ने नेता पनि बदल्ने भनेर माग्नुभएको छ।  यो कहाँ गएर टुंगिन्छ मलाई थाहा छैन। किनभने म पनि तपाईंहरुले बोलाएर आएको एउटा पाहुना मात्रै हुँ। भोलि बन्दसत्रले जे निर्णय गर्छ त्यो मेरो लागि स्वीकार्य छ।’

उहाँले कांग्रेस लासको पार्टी नभई जिउँदा मानिसको पार्टी भएको स्थापित भएको टिप्पणी गर्नुभयो।  ‘आजको तपाईंको प्रयासले कांग्रेस लासको नभई जिउँदा मानिसको पार्टी हो भनेर स्थापित गरेको छ।’

उहाँले कांग्रेसमा प्रश्न नमरेको जिकिर गर्दै यहाँ नबोल भन्ने कोही नभएको बताउनुभयो।

  himalayanvoice.com | २७ पुष २०८२, आईतवार १३:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online