ट्रेण्डिङ्ग:
|एम्नेस्टी इन्टरनेशनल र अधिकार समूहहरूद्वारा अमेरिकाको लागि विश्वकप यात्रा सल्लाह जारी|कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै|नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान|बेलायत र फ्रान्सेली सरकारद्वारा इङ्लिस च्यानल हुँदै आप्रवासी क्रसिङ रोक्न ३ वर्षे सम्झौतामा हस्ताक्षर|डा. दुबसु क्षेत्रीको अध्यक्षतामा ‘नेपाल–बेलायत लेखक सङ्घ’ गठन |कांग्रेस संसदीय दलको विधान पारित, भोली उम्मेदवारी दर्ता|प्रज्ञा–प्रतिष्ठानद्वारा प्रज्ञा र प्रादेशिक पुरस्कार घोषणा|प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने सरकारको निर्णय

कांग्रेस संसदीय दलको विधान पारित, भोली उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको विधान पारित भएको छ । सांसदहरूले छलफल गरी विधान पारित गर्दै अनुमोदनका लागि पार्टीमा पठाएका हुन् । फागुन २१ को निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको थियो ।

संसदीय दल नेता निर्वाचनका लागि गठित निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीका अनुसार सांसदहरूको छलफलपछि विधान पारित गरेर अनुमोदनका लागि पठाइसकिएको छ । उनले दल नेता चयनका लागि निर्वाचन कार्यतालिकाअनुसार प्रक्रिया अघि बढिरहेको जानकारी दिए ।

उनका अनुसार संसदीय दलको विधानमा ठूलो परिमार्जन गरिएको छैन । निर्वाचन कार्यतालिका अनुसार आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ । भोलि बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । यस्तै, अपराह्न ४ बजेदेखि ५ बजेसम्म मतदान हुने र लगत्तै मतगणना गरिने जनाइएको छ ।

  himalayanvoice.com | १० बैशाख २०८३, बिहीबार १२:५०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online