ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

डाएसपोराका सर्जक जीवा लामिछाने सम्मानित

चितवन । नियात्रासङ्ग्रह ‘अक्षत अन्टार्कटिका’का लागि सारस्वत रत्न पुरस्कार – २०८१ बाट लेखक जीवा लामिछानेलाई सम्मानित हुनुभएको छ । रत्ननगर वाङ्गमय प्रतिष्ठानले आफ्नो दोस्रो स्थापना दिवसका अवसरमा लेखक लामिछानेलाई सो सम्मान गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठकले संयुक्त रुपमा लामिछानेलाई सो सम्मान गर्नुभएको हो । सम्मानको राशी ३० हजार रुपियाँ नगद, प्रशंसा पत्र र दोसल्ला रहेको छ ।

सो अवसरमा १४२औँ लेखनाथ जयन्तीको सन्दर्भमा काव्यिक विवेचनासँगसँगै कृति विमोचन पनि गरिएको थियो ।

कार्यक्रममा बोल्दै लेखक लामिछानेले कविशिरोमणि लेखनाथ पौड्यालको कृतिमा ‘व्यङ्ग्य, विद्रोह, चिन्ता र दर्शन’ पाइने बताउनुभयो ।

प्रतिष्ठानले आफूलाई सम्मानित गरेकोमा उहाँले आभार पनि प्रकट गर्नुभयो । उहाँले सम्मानित भएको राशीमा दुई लाख थप गरी वाल्मीकि साहित्य सदनको अक्षयकोषमा जम्मा गर्ने घोषणा पनि गर्नुभयो ।

यस्तै, उहाँले चितवन साहित्य परिषद्का लागि पनि आफ्नी आमाको नामबाट ५० हजार रुपियाँको अक्षयकोष घोषणा गर्नुभयो । सो रकमबाट महिला लेखकलाई सम्मान गर्ने पनि उहाँले जनाउनुभयो ।

  himalayanvoice.com | २९ पुष २०८२, मंगलवार १३:०३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online