ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध आरोप लगाउन सक्ने अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे “१४ औँ महाधिवेशनबाट निर्वाचन सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै वैधानिक हो । यसमा छलफल गरिरहनु परेन ।”

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन आयोजक समितिले आआफ्ना निर्णयबारे निर्वाचन आयोगलाई जानकारी गराएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको विषय निर्वाचन आयोगलाई जानकारी गराएको हो ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीका महामन्त्रीद्वय थापा र शर्मा तथा सहमहामन्त्री मन्सुरलाई केन्द्रीय कार्यसमिति बैठकबाट कारबाही गरिएको जानकारी बुधबारै निर्वाचन आयोगलाई जानकारी गराइएको बताउनुभयो । त्यसै गरी कांग्रेसको विशेष महाधिवेशन आयोजक समितिले पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरिएको लिखित जानकारी निर्वाचन आयोगलाई दिएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कांग्रेसको विशेष महाधिवेशनबारे आयोग जानकार रहेको पुष्टि गर्नुभयो । त्यसै गरी कांग्रेसको विशेष महाधिवेशन समितिले विशेष महाधिवेशन, कार्यविधि पारित गरिएको र नयाँ नेतृत्व चयन गर्नेबारे लिखित निवेदनमार्फत जानकारी गराएको पुष्टि गरेको छ ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व

नेपाली कांग्रेसको विशेष महाधिवेशनको भेलाले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियाअघि बढाएको छ । विशेष महाधिवेशनको बुधबारको बन्दसत्रमा पार्टीका महामन्त्री गगनकुमार थापालाई सर्वसम्मत रूपमा सभापति चयनको घोषणा गरिएको छ भने केन्द्रीय उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्रीमा डा. डिला सङ्ग्रौला, प्रकाश रसाइली, बहादुर सिंह लामा, उदयशमशेर राणा, मुक्ताकुमारी यादव, फरमुल्ला मन्सुर, योगेन्द्र चौधरी, कर्णबहादुर बुढा चयन हुनुभएको छ । साथै, केन्द्रीय सदस्यमा गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, ओमकारप्रसाद श्रेष्ठलगायत १२१ जना चयन भएका छन् ।

महामन्त्रीद्वय थापा र शर्मालाई कारबाही

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अनुशासन उल्लङ्घन गरेको निष्कर्षसहित आजका मितिबाट लागु हुने गरी पार्टीबाट पाँच वर्षका लागि निष्काशन गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले विशेष महाधिवेशन आयोजना गरी पार्टीलाई गम्भीर हानिनोक्सानी पु¥याउने कार्यमा संलग्न भएको ठहर गर्दै महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको बताउनुभयो ।

उहाँले विशेष महाधिवेशनमा सहभागी नहुन र भएका नेता कार्यकर्तालाई पनि यथाशीघ्र पार्टीको जिम्मेवारीमा फर्किएर घोषित १५ औँ महाधिवेशनका कार्यव्रmम सफल पार्न तथा फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने कार्यमा निरन्तर सक्रिय रहन आह्वान गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले पुस २९ गते कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ पारित, महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनसमेत पेस गरी छलफल भई पारित गरेको, निर्वाचन समिति गठन गरी निर्वाचन कार्यक्रमको तालिका प्रकाशन गरेको र बुधबार महामन्त्रीमा रहेका पदाधिकारीले पार्टीको सभापतिमा र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यले विभिन्न पदमा उम्मेदवार भई दरखास्त दिएको जस्ता पार्टी विधानविपरीतका कार्य गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “१४ औँ महाधिवेशनबाट निर्वाचन सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै वैधानिक हो । यसमा छलफल गरिरहनु परेन ।”

  himalayanvoice.com | २ माघ २०८२, बिहीबार ०१:२२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online