ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

‘थापा समूहले बोलाएको विशेष महाधिवेशन काँग्रेसको विधान विपरीत’

काठमाडौँ । नेपाली कांग्रेस देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा समूहले बोलाएको विशेष महाधिवेशन पार्टीको विधान विपरीत रहेको बताउनुभएको छ ।

कार्यवाहक सभापति खड्काले आज नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय विपरीत गरिएको विशेष महाधिवेशन र त्यसले गरेका निर्णयहरू वैध नहुने बताउनुभयो ।

कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशनको मिति निर्धारण गरी प्रक्रिया समेत अगाडि बढिसकेको अवस्थामा पार्टीको औपचारिक निर्णय विना गरिएको विशेष महाधिवेशनको भेलालाई निर्वाचन आयोगले वैधता दिएमा आन्दोलनमा जाने चेतावनी समेत दिनुभयो ।

पार्टीभित्र सहमति जुटाउन आफूहरूको तर्फबाट हदैसम्मको प्रयास भएको उल्लेख गर्नुहुँदै कार्यवाहक सभापति खड्काले स्थापित राजनीतिक दलको काँधमा संविधानको रक्षा गर्ने दायित्व रहेको बेला पार्टीभित्रबाटै भएको अनुशासन विपरितको गतिविधि सङ्कटलाई थप गहिरो बनाउने पनि बताउनुभयो ।

  himalayanvoice.com | ३ माघ २०८२, शुक्रबार १२:१७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online