ट्रेण्डिङ्ग:
|राजनीतिक दल बन्ने प्रक्रियामा पहिलो महाधिवेशनमा जुट्यो रास्वपा|बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै|आइसले गत वर्ष १७४ डाका प्राप्तकर्ताहरूलाई देश निकाला गरेको तथ्य सार्वजनिक|ट्रम्पले भने कि अमेरिकी वार्ताकारहरू इरानसँग वार्ता गर्न सोमबार पाकिस्तान जानेछन्|कोशीमा बर्डफ्लु विपत्ति : २ लाख २७ हजार कुखुरा मारिँदै|निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल|विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले अब घरबाटै नो अब्जेक्सन लेटर लिन सक्ने|कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च जाने

काठमाडौँ । निर्वाचन आयोगको निर्णय विरुद्ध नेपाली काँग्रेस शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयाे।

बैठकले उक्त निर्णयविरुद्ध संवैधानिक, राजनीतिक तथा कानुनी बाटो अपनाउने निष्कर्ष निकालेको छ। आवश्यक प्रक्रिया पूरा गरी सर्वोच्च अदालतमा रिट दायर गरिने प्रवक्ता डा. महतले बताउनुभएकाे छ।

निर्वाचन आयोगको निर्णयले पार्टीभित्र विवाद थप चर्किएको देउवा पक्षको ठहर छ।

  himalayanvoice.com | ४ माघ २०८२, शनिबार १२:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online