ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

एन्फा निर्वाचन रोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को पुस २८ गतेका लागि तय भएको निर्वाचन रोक्न उच्च अदालत पाटनले आइतबार अन्तरिम आदेश दिएको छ ।

एन्फाका उपाध्यक्ष विराट जंग शाहीसहितका निवेदकले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले निर्वाचन प्रक्रिया रोक्न आदेश जारी गरेको हो ।

अदालतले निवेदक २०७९ असार ६ गते सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितिका सदस्य भएको र चार वर्षे कार्यकाल अझै बाँकी रहेको प्रारम्भिक रुपमा देखिएको उल्लेख गरेको छ ।

यस्तो अवस्थामा एन्फा कार्यसमितिको २०८२ पुस १६ गतेको बैठकबाट गरिएको निर्वाचन सम्बन्धी निर्णय तथा निर्वाचन सुचनाअनुसार अगाडि बढाइएको सम्पूर्ण प्रक्रिया अन्तिम फैसला नआएसम्म यथास्थितिमा राख्न आदेश दिएको हो ।

यससँगै अदालतले विपक्षी युवा तथा खेलकुद मन्त्रालयसहित सम्बन्धित निकायलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश पनि दिएको छ । मुद्दाको अन्तिम किनारा नलागेसम्म निर्वाचनसम्बन्धी कुनै काम कारबाही अघि बढाउन नपाइने समेत आदेशमा उल्लेख छ ।

अदालतले निर्वाचन रोक्न आदेश दिएपनि एन्फाले भने धमाधम निर्वाचन प्रक्रिया अगाडि बढाएको छ । एन्फा निर्वाचनका लागि पदाधिकारीको मनोनयन दर्तासमेत सम्पन्न भईसकेको छ ।

  himalayanvoice.com | ५ माघ २०८२, आईतवार १६:३०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online