ट्रेण्डिङ्ग:
|सरकारले एनआरएनका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्दै|नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो|राष्ट्रपति ट्रम्पले परिणाम जे भए पनि विजयको घोषणा गर्छन्, र इरान युद्ध यसको पछिल्लो उदाहरण हो|क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगरियोस् : सभापति थापा|फुटसल कपको उपाधि बैंकर्स क्लबलाई|कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु|टोखामा सपनतीर्थ मेला, भक्तजनको घुइँचो|सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक|स्पेनले सम्भावित लाखौं आप्रवासीहरूका लागि आममाफीको उपायलाई अन्तिम रूप दियो|शरण आवेदनहरू निलम्बित रहँदा पोल्याण्डमा रहेका अफगानी आप्रवासीहरूलाई जबरजस्ती देश निकालाको डर छ

‘इन्दिरा प्रसाईको कथाको सौन्दर्यशास्त्र’ लोकार्पण

काठमाडौँ । समालोचक प्राडा. वासुदेव त्रिपाठीले प्राडा. दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थको लोकार्पण गर्नु भएको छ ।

वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा प्रमुख अतिथि प्राडा. त्रिपाठीले भन्नु भयो, ‘नेपाली कथा साहित्यका आधिकारिक विशेषज्ञ प्राडा. दयाराम श्रेष्ठले सिद्धहस्त कथाकार इन्दिरा प्रसाईका कथाबारे समालोचना गरेर ठुलो न्याय गर्नु भएको छ ।’

समारोहमा लेखक प्राडा. दयाराम श्रेष्ठले भन्नु भयो, ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्रको विवेचना र मीमांसा गरिएको यस कृतिमा मैले कथासम्बन्धी आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गरेको छु । यो मेरो प्रयोगात्मक अध्ययनको नमुना हो । यो मेरो अभियानको प्रथम कोसेली पनि हो ।’

नइ एकेडेमीबाट प्रकाशित सो ग्रन्थबारे समालोचक प्रा. केशव सुवेदीले भन्नु भयो, ‘यो ग्रन्थ नेपाली कथा समालोचना परम्पराको नवआयाम हो । कथाका अध्यता अनुसन्धाताहरूका लागि यसले मार्गनिर्देश गर्ने छ ।’

समारोहमा कथाकार इन्दिरा प्रसाईले ‘प्रस्तुत ग्रन्थ मेरो लेखनयात्राको स्वर्णिम उपलब्धि हो’ भन्नु भयो । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरीको सभापतित्वमा सञ्चालित सो समारोहमा फाउन्डेसनका उपाध्यक्ष प्राडा. ऋषिराम शर्मा र सदस्यसचिव नरेन्द्रराज प्रसाईले कृतिबारे प्रकाश पार्नु भयो ।

समारोहमा काठमाडौं महानगरपालिका–३१ का वडाध्यक्ष तथा समाजसेवी सरोज ढकालले ‘नेपाली साहित्यका विश्व नारी रत्न वानीरा गिरी हाम्रो देशकै गौरव हुनु हुन्थ्यो । उहाँको सम्मानमा काठमाडौँ महानगरपालिकाले यस क्षेत्रलाई ‘वानीरा मार्ग’ नामकरण गरिएको छ’ भन्नु भयो ।

त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका पूर्व प्रमुख प्राडा. दयाराम श्रेष्ठ नेपाली कथा साहित्यका प्रथम विद्यावारिधि हुनुहुन्छ । उहाँले ३६ वर्ष प्राध्यापन गर्नु भएको थियो । उहाँका ३० वटा कृति प्रकाशित छन् ।

  himalayanvoice.com | ८ माघ २०८२, बुधबार १०:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online