ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

नेपाली कांग्रेसको संस्थापन देउवा समुहले राष्ट्रिय भेला आयोजना गर्दै नेपाली कांग्रेसको संस्थापन पक्षधरको दावी अनुसार नेतृत्वलाई निरंकुश हुनबाट जोगाउन भेला गर्न लागिएको हो ।

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी साता राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। विशेष महाधिवेशनबाट कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएपछि कांग्रेसको संस्थापन पक्षले आफ्नो पक्षका प्रतिनिधिहरुको राष्ट्रिय भेला आयोजना गर्न लागेको हो ।

राष्ट्रिय भेलामा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, पूर्व राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको सहाभागिता रहने एक केन्द्रीय नेताले जानकारी जानकारी दिएका छन् ।

कांग्रेसको संस्थापन पक्षधरको दावी अनुसार नेतृत्वलाई निरंकुश हुनबाट जोगाउन भेला गर्न लागिएको हो । विशेष महाधिवेशनलाई अस्वीकार गर्दै संस्थापन समूह सर्वोच्च अदालतमा पुगेका थियो ।

आयोगले थापा र शर्मा नेतृत्वको विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि संथापन समूह सर्वोच्च अदालतसम्म पुगेका हुन्। तर सर्वोच्च अदालतले संस्थापन समूहको पक्षमा अन्तरिम आदेश दिएन।

विशेष महाधिवेशनले उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्री डा डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिहं लामा (आदिवासी जनजाति), उदयशम्शेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेसी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा (पिडडिएको क्षेत्र) निर्वाचित गरेको थियो।

  himalayanvoice.com | ११ माघ २०८२, शनिबार ०२:०२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online