ट्रेण्डिङ्ग:
|क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगरियोस् : सभापति थापा|फुटसल कपको उपाधि बैंकर्स क्लबलाई|कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु|टोखामा सपनतीर्थ मेला, भक्तजनको घुइँचो|सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक|स्पेनले सम्भावित लाखौं आप्रवासीहरूका लागि आममाफीको उपायलाई अन्तिम रूप दियो|शरण आवेदनहरू निलम्बित रहँदा पोल्याण्डमा रहेका अफगानी आप्रवासीहरूलाई जबरजस्ती देश निकालाको डर छ|तेहरानलाई दबाब दिन अमेरिकी सेनाले इरानी बन्दरगाहहरू नाकाबन्दी गरेको ट्रम्पको भनाइ|आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै|माछा मार्न जाऔं : तीन वर्षभन्दा बढी समय बन्द रहेको क्यालिफोर्नियामा सालमन माछा मार्ने काम सुचारु

नेपाली महिला टिमले टेस्ट राष्ट्रमाथि निकाल्यो पहिलो जित

काठमाडौँ । नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक जित निकालेको छ । महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा टेस्ट राष्ट्र जिम्बावेमाथि नेपालले ६ विकेटको ऐतिहासिक जित निकालेको हो ।

टस जितेर सुरुमा बलिङ गरेको नेपालले जिम्बाबेलाई १२९ रनमा रोेकेको थियो ।सुरुमा ब्याटिङ गरेको जिम्बाब्बेका लागि केलिस नोड्लोभुले अविजित ५२ रन बनाउनुभयो । जिम्बाबेलाई सस्तैमा समेट्न नेपालका लागि कविता कुँवरले खेलको पहिलो ओभरमा विकेट हात पर्नुभयो । कविताले बिम्बाबेकी ओपनर चिपो ट्रिपानोलाई बोल्ड गर्नुभएको हो । नेपालका लागि रिया शर्माले दुई विकेट हात पार्दा सीता रानामगर, रुविना क्षेत्री र पूजा महतोले एकएक विकेट लिनुभयो ।

१३० रनको लक्ष्य पछ्याएको नेपालका लागि उपकप्तान पूजा महतोले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाउनुभयो । ५० बलको सामना गर्नुभएकी पूजाले चार चौका र दुई छक्काको मद्दतमा ५२ रन जोड्नुभयो । चार विकेट गुमाएको नेपालले १९ ओभर तीन बलमा १३३ रन बनाउँदै ६ विकेटको जित निकालेको हो । यो जितसँगै विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा पुग्ने नेपालको झिनो आशा बाँकी नै छ ।

घरेलु मैदानमा जारी टी–२० विश्वकप ग्लोबल छनोटमा यसअघिका दुई नेपालले गुमाइसकेको छ । पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले हारेको नेपाल दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित हुन पुगेको थियो ।

अब नेपालले लिगको अन्तिम खेलमा सोमबार स्कटल्यान्डको सामना गर्दैछ । उक्त खेलको नतिजाले नेपालको सुपर सिक्स यात्रा तय गर्नेछ । चार वटा खेल खेलिसकेको जिम्बाब्बे सबै खेल गुमाएर प्रतियोगिताबाट बाहिरिएको छ ।

  himalayanvoice.com | ११ माघ २०८२, शनिबार १४:१३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online