ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

एच–१बी कामदार भिसाको दर्ता अवधि आगामी मार्च ४ देखि सुरु हुने

लस-एन्जलस । अमेरिकी नागरिकता र आप्रवासन सेवा (यूएससीआईएस)ले तलबका आधारमा छनोट गर्ने नयाँ नियम अन्तर्गतको कामदार भिसाका लागि आवेदन दर्ता खुला गर्ने भएको छ। आर्थिक वर्ष २०२७ का लागि एच–१बी कामदार भिसाको दर्ता आगामी मार्च ४ देखि सुरु हुने छ।

यूएससीआईएसका अनुसार पूर्वी अमेरिकी समय अनुसार दिउँसो १२ बजेदेखि सुरु हुने दर्ता अवधि मार्च १९ मा समाप्त हुनेछ। सो अवधिमा एच–१बी क्यापअन्तर्गत आवेदन दिन इच्छुक रोजगारदाताले यूएससीआईएसको अनलाइन खातामार्फत प्रत्येक लाभग्राहीको दर्ता गर्नुपर्नेछ।

प्रत्येक दर्ताका लागि २१५ अमेरिकी डलर शुल्क लाग्नेछ। अनलाइन खाता नभएकाले दर्ता सुरु हुनु अघि खाता सिर्जना गर्नुपर्नेछ। दर्ता अवधि समाप्त भएपछि, यूएससीआईएसले चयन भएका लाभग्राहीका रोजगारदाता तथा उनीहरूका प्रतिनिधिलाई मार्च ३१, २०२६ भित्र अनलाइन खातामार्फत जानकारी गराउनेछ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले हालै प्रकाशित गरेको अन्तिम नियम अनुसार, आर्थिक वर्ष २०२७ देखि एच–१बी चयन प्रणालीमा परिवर्तन गरिएको छ। नयाँ नियमअनुसार, उच्च सीप र उच्च तलब पाउने विदेशी कामदारहरूलाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ।

यूएससीआईएसले अमेरिकी कामदारहरूको तलब, कामको अवस्था र रोजगारीका अवसरहरूको सुरक्षा गर्नु मूख्य कारण रहेको जनाएको छ। प्रारम्भिक दर्ता अवधिमा प्राप्त दर्ता संख्या वार्षिक क्यापभन्दा बढी भएमा यूएससीआईएसले योग्य लाभग्राहीहरूलाई तलबका आधारमा चयन गर्नेछ। तर, दर्ता संख्या क्यापभन्दा कम वा बराबर भएमा सबै योग्य दर्ताहरू चयन गरिनेछन्।

  himalayanvoice.com | १७ माघ २०८२, शुक्रबार १७:१५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online