ट्रेण्डिङ्ग:
|तेहरानलाई दबाब दिन अमेरिकी सेनाले इरानी बन्दरगाहहरू नाकाबन्दी गरेको ट्रम्पको भनाइ|आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै|माछा मार्न जाऔं : तीन वर्षभन्दा बढी समय बन्द रहेको क्यालिफोर्नियामा सालमन माछा मार्ने काम सुचारु|देउडा नाच्दै नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान र वनभोज कार्यक्रम सम्पन्न|ह्वाइट हाउसद्वारा अध्यागमन अदालतहरूमा ‘माफीको युग’ ‘समाप्त’ भएको घोषणा|नेपाल तथा भारतका २८ जना प्राज्ञहरुलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान|‘राम नाम सत्य’ को सुखद ‘ओपनिङ’|वैशाख महिनाका लागि बैँकहरूले ब्याजदर घटाए|छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन|प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको अपराजित यात्रा जारी

साफ यु–१९ महिला फुटबल : भुटानलाई हराएसँगै नेपालको फाइनल सम्भावना कायम

कास्की । नेपालले पोखरामा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला फुटबलको फाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।

पोखरा रङ्गशालामा सोमबार भएको खेलमा भुटानलाई २–१ गोलले हराउँदै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको हो । नेपाल यसअघि पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो ।

भुटानलाई हराउन नेपालकी सिर्जना बडुवालले ३६औँ र प्रजीता राईले ५९औँ मिनेटमा गोल गर्नुभयो । भुटानका लागि सोनाम छोडेनले ८७औँ मिनेटमा गर्नु भएको गोल सान्त्वना बन्यो । भुटान च्याम्पियनसिपबाट बाहिरिएको छ ।

अब नेपालले अन्तिम खेल बुधबार बङ्गलादेशसँग खेल्नेछ। भुटानले भारतसँग प्रतिस्पर्धा गर्नेछ । चार टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा लिग चरणपछि शीर्ष दुईमा रहने टोलीबिच उपाधि भिडन्त हुनेछ ।

  himalayanvoice.com | २० माघ २०८२, सोमबार १५:३६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online