ट्रेण्डिङ्ग:
|इरानमाथि अमेरिकी नाकाबन्दीले जहाजहरूलाई कसरी घुम्न अनुमति दियो?|फ्लोरिडाको ‘एलिगेटर अल्काट्राज’ मा गार्डहरूले बन्दीहरूलाई कुटे र खुर्सानी छर्के – वकिल|आइटिएफ टेनिसको सेमिफाइनल समीकरण पूरा|सुनचाँदीको मूल्यमा सामान्य वृद्धि|सुरक्षा संयन्त्रको जाँचबुझ गर्न प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन|तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा|काँग्रेस कार्यबहाक सभापति खड्कालाई सातदिने स्पष्टीकरण|क्यालिफोर्नियाको सानफ्रान्सिस्को सीटीद्वारा नेपाली नयाँ वर्ष वैशाख १ लाई मान्यता|दीपक खड्काको मुद्धामा अनुसन्धान फाइल झिकाउने आदेश|सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

अमेरिकामा सात सर्जक सम्मानित हुँदै

लस-एन्जलस। नेपाली गीत-संगीतलाई विश्व बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (आइएनएलएस) ले आफ्नो दोस्रो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगामी मार्च २९, २०२६ मा अमेरिकाको पेन्सल्भेनियास्थित ल्यांकास्टरमा आयोजना गर्ने भएको छ ।

स्थानीय साहित्यिक संस्था ‘साहित्य कला संगम’ सँगको संयोजन र व्यवस्थापनमा हुने उक्त सम्मेलनमा संघको साङ्गठनिक गतिविधिमाथि छलफल हुनुका साथै विविध साहित्यिक तथा सांगीतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछ ।

यस वर्षको आइएनएलएस ज्ञानेन्द्र गदाल गीत सम्मान’ विशिष्ट कवि तथा लोकप्रिय गीतकार दिनेश अधिकारीलाई अर्पण गरिने भएको छ । अधिकारी यस सम्मानबाट सम्मानित हुने दोस्रो व्यक्तित्व हुनुहुन्छ । यसअघि पहिलो पटक यो सम्मान ख्यातिप्राप्त गीतकार तथा कलाकार नीर शाहलाई प्रदान गरिएको थियो । यो सम्मानको राशि १,००१ अमेरिकी डलर रहेको छ ।

सम्मेलनका अवसरमा नेपाल र प्रवासमा रहेर नेपाली संगीतमा उल्लेखनीय योगदान पुर्‍याउने अन्य ६ जना सर्जकहरूलाई जनही ५०० अमेरिकी डलर र सम्मानपत्र प्रदान गरिने संघका अध्यक्ष डा. हरि उप्रेतीले जानकारी दिनुभएको छ । सम्मानित हुने सर्जकहरूमा गीत लेखनमा नेपालबाट पुरु लम्साल र प्रवासबाट साबू गदाल कार्की । संगीत सिर्जनामा नेपालबाट तृप्ति खड्का नेपाल र प्रवासबाट अगम गुरुङ । गायनमा नेपालबाट यशोदा पराजुली र प्रवासबाट डम्बर खापुङ सुब्बा रहेका छन् ।

नेपाली कला र स्रष्टाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान र प्रोत्साहन गर्ने यो कदमले नेपाली गीतसंगीतको विश्वव्यापी पहिचानमा थप मद्दत पुग्ने विश्वास आयोजकले लिएको छ ।

  himalayanvoice.com | २१ माघ २०८२, मंगलवार १४:३८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online