ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

बर्दिबासमा बस दुर्घटना : १८ जना घाइते

बर्दिबास। महोत्तरीको बर्दिबास नगरपालिका–११ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत मडाहा पुल नजिक बिहीबार अपराह्न यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना नाबालक र आठ जना महिला छन् ।

जिल्ला ट्राफिक कार्यालय बर्दिबासका निरीक्षक बाबुराम कार्कीका अनुसार कटारीबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ४ ख ५७६ नम्बरको बस सडकदेखि करिब १० फिट तल खसेको हो । बसमा २७ जना यात्रु सवार रहेको जनाइएको छ ।

दुर्घटना लगत्तै घटनास्थल पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी बर्दिबास–१ स्थित शुभ स्वस्तिक अस्पताल पुर्‍याएको थियो । सामान्य चोट लागेका केही घाइते उपचारपछि घर फर्किएको निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

अस्पतालका व्यवस्थापक दीपेन्द्र ढकालका अनुसार घाइतेहरूको टाउको, हातखुट्टा र छातीमा चोट लागेको छ । घाइतेहरू अधिकांश कटारी, सर्लाही र धनुषाका रहेका छन् । गुडिरहेको अवस्थामा बसको स्टेरिङ अकस्मात् फेल हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

  himalayanvoice.com | ३० माघ २०८२, बिहीबार १५:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online