ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

आयोजक सहारा क्लब आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा 

पोखरा । आहा रारा पोखरा गोल्ड कपमा सर्वाधिक सफलता हासिल गरेको नेपाल पुलिस फुटबल क्लबलाई सडेन डेथमा पराजित गर्दै आयोजक सहारा क्लब २५ औँ आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज (शनिबार) भएको पहिलो क्वाटर फाइनल खेलमा सहाराले आहा रारामा ६ पटकको विजेता पुलिसलाई सडेन डेथमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

सहारा र पुलिस बिचको खेल निर्धारित ९० मिनेटको समयमा दुवै तर्फ एक/एक, थपिएको अतिरिक्त समय(३० मिनेट) मा दुवै तर्फ गोल हुन नसके पछि टाई ब्रेकरमा पनि दुवै तर्फ ४/४ गोलले खेल बराबरीमा पुगेपछि पहिलो सडेन डेथमा पनि दुवै तर्फ एक/एक गोल भई दोस्रो सडेन डेथमा (६—५ को टाई ब्रेकरको सडेन डेथमा) सहाराले जित हासिल गरेको हो । सहारा क्लबले एक पटक मात्र उपाधि जितेको छ ।

पुलिसका धिरेन्द्र शाहले प्रहार गरेको सडेन डेथको पेनाल्टी सुट सहाराका गोलरक्षक टिकेन्द्र थापाले उत्कृष्ट बचाउ गर्नुभयो । सडेन डेथमा सहाराका टायडेनियल बदरुले गोल गर्नुभयो । आजको खेलमा म्यान अफ दी म्याच सहाराका गोलरक्षक टिकेन्द्र थापा घोषित हुनुभयो ।

सोमबार हुने मनाङ मर्स्याङ्दी क्लब र थन्डरवोल्ट नर्थ यूनाइटेड बिचको तेस्रो क्वाटर फाइनलको विजेता टिमसँग सहारा क्लब सेमिफाइनलमा भिड्ने भएको छ ।

यसैबिच, भोलि आइतबार दोस्रो क्वाटर फाइनल खेल चर्च व्वाईज यूनाइटेड र जावलाखेल युथ क्लबबिच हुने प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनुभयो ।

  himalayanvoice.com | २ फाल्गुन २०८२, शनिबार १३:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online