ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

‘जिन्दगी फूल सम्झे फूलै हो : जीवनयात्रा’ कृति सार्वजनिक

काठमाडौं । मनोविद डा. सुमाया राईको ‘जिन्दगी फूल सम्झे फूलै हो : जीवनयात्रा’ कृति सार्वजनिक गरिएको छ । प्रा.डा. गोविन्दराज भट्टराई, पूर्वसांसद प्रमिला राई, अधिकारकर्मी बमकुमारी बुढा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्वउपाध्यक्ष जितपाल किरात, किरात राई यायोक्खाका कार्यवाहक अध्यक्ष युवराज राई र लेखक राईले काठमाडौंमा आयोजित समारोहमा उक्त कृति सार्वजनिक गर्नुभएको हो । 

वि.सं. २०१९ जेठ २४ गते सिरहाको लहानमा जन्मिनु भएका डा. राई त्रिभुवन विश्वविद्यालयका पूर्व–उपप्राध्यापक तथा किरात राई यायोक्खाको पहिलो महिला अध्यक्ष हुनुहुन्छ । उहाँले आफ्नो व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनलाई उधिनेर ‘जिन्दगी फूल सम्झे फूलै होः जीवनयात्रा’ कृति सिर्जना गर्नु भएको छ । लेखककै रचना, डीआर अटुको संगीत र राजेशपायल राईको स्वर रहेको ‘जिन्दगी फूल सम्झे फूलै हो’ बोलको गीतलाई कृतिको नाम दिइएको हो ।

उक्त कृतिबारे डा. शान्तिमाया गिरी र कैलाश राईले समीक्षा गर्नुभएको थियो । साढे पाँचसय पृष्ठमा विस्तारिक कृतिभित्र प्रथम चरण, मध्य चरण र उत्तर चरण गरी १ सय १३ शीर्षकका लेखहरू समेटिएका छन् । यसैगरी लेखकको वंशवृक्ष, चिनारुको दृष्टिकोण, अनुसूची र तस्बिरहरू संलग्न गरिएका छन् ।

लेखक डा। राईको यो पाँचौं कृति हो । यसअघि ‘तातो हावा’ (गीति एल्बम, २०७१), ‘अव्यक्त अभिव्यक्ति’ ९कविता संग्रह, २०७२०, ‘छाम सुनाखरी’ (गीत संग्रह, २०७२) र ‘मेरो अन्तिम इच्छापत्र’ (कविता र गीत संग्रह, २०७५) प्रकाशित छन् । यी कृतिहरूले नेपाली भाषा, किराती संस्कृति, किराती इतिहास, पहिचानलाई उजागर गरेको समक्षक वक्ताहरूको भनाइ रहेको छ ।

  himalayanvoice.com | २ फाल्गुन २०८२, शनिबार २२:२९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online