ट्रेण्डिङ्ग:
|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध आरोप लगाउन सक्ने अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने

काँग्रेस भागबन्डाका आधारमा पदाधिकारी नियुक्ति गर्ने प्रवृत्तिको विपक्षमा उभिन्छ : सभापति थापा 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेस संवैधानिक निकाय सहित राज्यका निकायहरूमा राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी नियुक्ति गर्ने प्रवृत्तिको विपक्षमा उभिने बताउनुभएको छ । 

काँग्रेसले हिजो सार्वजनिक गरेको चुनावी प्रतिज्ञा पत्रबारे आज काठमाडौँमा गरेको प्रश्नोत्तर कार्यक्रम सभापति थापाले अबको काँग्रेसले कुनै पनि नियुक्तिमा भाग नखोज्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सभापति थापाले संवैधानिक आयोग, विश्वविद्यालय लगायतका राज्यका निकायमा दल निकटका व्यक्ति भन्दा अब्बल व्यक्तिहरू नियुक्ति सुनिश्चित गरी संस्थागत सुधारका लागि काँग्रेसले स्पष्ट अडान लिने बताउनुभयो ।

यस्तै सभापति थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई दूषित बनाएकोले अव पार्टीको मूल्य–मान्यता विपरीत गठबन्धन र सम्झौता नगर्ने पनि बताउनुभयो ।

विगत लामो समयदेखि सरकार र राज्यको माथिल्लो निकायमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्ने योजना रहेको उल्लेख गर्नुहुँदै सभापति थापाले अबको पाँच वर्षभित्र  भ्रष्टाचारमुक्त नेपाल बनाउने लक्ष्यका साथ काम गर्ने बताउनुभयो ।

सभापति थापाले अब कार्यालय केन्द्रित नभई  नागरिक केन्द्रित सेवा बनाउनुपर्ने उल्लेख गर्नुहुँदै त्यसका लागि सबै राजनीतिक दल र राज्यका निकायहरू मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका आधारभूत सेवामा समयानुकूल परिमार्जन गरी नागरिकको जीवनस्तर सुधारका लागि कानूनी तथा संस्थागत सुधार आवश्यक रहेको उल्लेख गर्नुहुँदै सभापति थापाले त्यसको पहिचान र तयारीका साथ नेपाली काँग्रेसले चुनावी प्रतिज्ञापत्र ल्याएको बताउनुभयो ।

सभापति थापाले आगामी पाँच वर्ष भित्रमा कृषि, पर्यटन, भौतिक पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा १५ लाख भन्दा बढी रोजगारीका अवसर सृजना गर्ने, डिजिटल स्वतन्त्रता र युवा सृजनशीलताको सम्मान गरी युवा जनशक्ति पलायन रोक्ने योजना काँग्रेसको चुनावी प्रतिज्ञापत्रले समेटेको बताउनुभयो ।

  himalayanvoice.com | ७ फाल्गुन २०८२, बिहीबार १५:०७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online