ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

ब्रिटिश गोर्खाली क्रिकेट लिगलाई ब्रिज इन्टरनेशनलको साथ

काठमाडौँ। बेलायतको प्रतिष्ठित नेपाली क्रिकेट प्रतियोगिता ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) को मुख्य प्रायोजक शैक्षिक परामर्श संस्था  ‘ब्रिज इन्टरनेशनल’ बनेको छ ।

लन्डनस्थित लिटिल काठमाडौँमा आयोजित एक विशेष समारोहमा दुई संस्थाबिच प्रायोजन सम्बन्धी औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता कार्यक्रमकम प्रमुख अतिथि तथा नेशनल एसियन क्रिकेट काउन्सिलका अध्यक्ष गुलफ्राज रियाज, ह्याम्पशायर क्रिकेट बोर्डका साइमन जोन्स र पूर्व इसिबी म्यानेजर पल बेडफोर्डले बेलायतमा नेपाली समुदायले क्रिकेटमार्फत पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो ।

यस्तै केन्ट क्रिकेट फाउन्डेसनका क्रिष्टियन राइस, किदाशा फाउन्डेसनका निक ब्यारी र पोर्चुगल क्रिकेटका पूर्व कप्तान मधुकर थापाले पनि लिगको सफलताको कामना गर्नुभयो ।

ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले खेलकुद र शिक्षालाई परिपूरकका रूपमा अगाडि बढाउन यो सहकार्य महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष महेश गिरीले नेपाली मूलका खेलाडीहरूलाई एउटै व्यावसायिक मञ्चमा ल्याउन पाउनु गौरवको विषय भएको बताउनुभयो । बीजीसीएल बेलायतमा नेपाली खेलाडीहरूलाई लक्षित गरी ४० ओभरको ढाँचामा सञ्चालन हुने पहिलो र एकमात्र लिग हो ।

हालसम्म पाँच सफल संस्करण सम्पन्न गरिसकेको यो लिग ह्याम्पशायर क्रिकेट बोर्ड र क्लब क्रिकेट कन्फरेन्ससँग आबद्ध छ । कार्यक्रममा बीजीसीएलका अध्यक्ष गम गुरुङले लिगको आवश्यकता र प्राविधिक पक्षबारे जानकारी दिनुभएको थियो ।

  himalayanvoice.com | ११ फाल्गुन २०८२, सोमबार १७:१०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online