ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

टी–२० विश्वकप : वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनल नजिक

काठमाडौँ । दक्षिण अफ्रिका आइसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई नौ विकेटले हरायो ।

दक्षिण अफ्रिका अपराजित रहँदै अन्तिम चार नजिक पुगेको हो । यसअघि समूह दुई बाट इङ्ल्यान्डले सेमिफाइनल यात्रा तय गरिसकेको छ ।

जितका लागि एक सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिणले १६.१ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्क्रमले अविजित ८२ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

उहाँले ४६ बलका सात चौका र चार छक्का हान्नुभयो । यस्तै क्विन्टन डे ककले ४७, रायन रिकेल्टनले अविजित ४५ रन बनाउनुभयो । बलिङमा वेस्ट इन्डिजका रोस्टन चेसले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि जेसन होल्डर र रोमारियो शेफर्डले सानदार साझेदारी गरेपनि टोलीको हार टरेन । दुवैले आठौँ विकेटका लागि ८९ रनको महत्वपूर्ण साझेदारी गर्नुभएको थियो ।

शेफर्डले अविजित ५२ र होल्डरले ४९ रन बनाउनुभयो । यस्तै ब्रेन्डन किङले २१ र साई होपले १६ रन जोड्नुभयो । बलिङमा दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले तीन तथा कागिसो रबाडा र कोर्बीन बोस्चले दुई दुई विकेट लिनुभयो ।

सुपर आठमा दोस्रो जितसँगै चार अङ्क बनाएको दक्षिण अफ्रिका समूह एकको शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको वेस्ट इन्डिजको दुई अङ्क छ । एक एक खेल खेलेको भारत र जिम्बावेले खाता खोल्न सकेका छैनन् । भारत र जिम्बावे आफ्नो दोस्रो खेलमा आजै भिड्नेछन् ।

  himalayanvoice.com | १४ फाल्गुन २०८२, बिहीबार १५:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online