ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । शुक्रबार स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य रु ५०० ले घटेको छ भने चाँदीको मोल रु १५ ले बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १४ हजार ९०० र एक तोलाको चाँदीको मोल रु पाँच हजार ७४० कायम भएको छ । बिहीबार प्रतितोला सुन रु तीन लाख १५ हजार ४०० र एक तोला चाँदीको मोल रु पाँच हजार ७२५ निर्धारण भएको थियो ।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ९०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५८५ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुन रु तीन लाख १३ हजार ५०० र एक तोला चाँदी रु पाँच हजार ५९५ मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८७ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

  himalayanvoice.com | १५ फाल्गुन २०८२, शुक्रबार ००:२९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online