ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

कांग्रेस बदलिएको छ, अवसर पाए ५ वर्षमै कायापलट गर्छौं : सभापति थापा

पोखरा । आसन्न निर्वाचनमा देशमा दुई प्रकारका अतिवादले स्थान पाउन सक्ने खतरा रहेको नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बताउनुभएको छ । पोखरामा आज (शुक्रबार) आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भदौ २३ र २४ का घटनालाई लिएर चरम ध्रुवीकरण हुन सक्ने सङ्केत गर्नुभयो ।

“एउटा अतिवाद २३ भदौमा केही भएको हैन, भएन भन्ने खालको छ,” थापाले भन्नुभयो, “अर्को अतिवाद २४ भदौमा आफैँ सिंहदरबार जलाउन लगाउने अनि आफैँ जेलबाट भाग्ने प्रवृत्तिको हुन सक्छ ।” उहाँले यस्ता प्रवृत्तिप्रति सजग रहन मतदातालाई आग्रह गर्नुभयो ।

थापाले देशलाई अब केवल राजमार्ग हैन, त्यसमा सही दिशामा कुद्ने धावक र सजग चालक आवश्यक रहेको उल्लेख गर्नुभयो । “कोही भन्छन्, म गाडीमा बसेपछि आफैँ कुद्छ । कोही भन्छन्, म चालक भएपछि देश आफैँ कुद्छ । तर म भन्छु, एक्लैले देशको गाडी गुडाउन सक्दैन,” उहाँले भन्नुभयो, “त्यसका लागि बलियो टिम चाहिन्छ । स्पिडमा चलाउनुपर्छ, तर सजगताका साथ, दुर्घटना नगराई ।” उहाँले स्थायित्व, सहकार्य र सक्षम नेतृत्वमार्फत मात्रै मुलुकलाई सही गतिमा अघि बढाउन सकिने धारणा राख्नुभयो ।

सभापति थापाले २०४६ सालपछि मन्त्री भएका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने घोषणा गर्नुभयो । उक्त छानबिनको सुरुवात आफू र २०४६ पछि प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवाबाटै गरिने उहाँको भनाइ थियो । तथ्य र छानबिनका आधारमा पुष्टि भए आफ्ना बाबालाई पनि कानुनी दायरामा ल्याउने उहाँको दाबी थियो ।

थापाले कांग्रेस बदलिएको र नयाँ सङ्कल्पसहित मैदानमा आएको दाबी गर्नुभयो । “कांग्रेस बलियो भएर आएको छ । पाँच वर्षमा देशमा कायापलट गराउँछौँ,” उहाँले उद्घोष गर्नुभयो ।

सभापति थापाले सामाजिक सञ्जालमा मात्र सीमित नबस्न आग्रह गर्दै घरदैलो अभियानलाई तीव्र बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो । “गोडा चलाऔँ, जनताको घरदैलो पुगौँ, प्रश्नको उत्तर दिएर सन्तुष्टिपछि मात्र भोट मागौँ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा उपसभापति विश्व प्रकाश शर्माले काँग्रेसलाई पुरानो ब्रान्ड भए पनि नयाँ ऊर्जा र परिमार्जित नेतृत्वसहितको दलका रूपमा लिन आग्रह गर्नुभयो । “पुरानो रोज्नुपर्‍यो भने पनि कांग्रेस, नयाँ ऊर्जा रोज्नुपर्‍यो भने पनि कांग्रेस,” उहाँले भन्नुभयो । शर्माले पाँच वर्ष टिक्ने प्रधानमन्त्री चयन गर्नुपर्नेमा जोड दिँदै प्रत्यक्ष र समानुपातिकतर्फ बढी मत ल्याउने दललाई सरकार गठनको अवसर दिनुपर्ने बताउनुभयो ।

  himalayanvoice.com | १५ फाल्गुन २०८२, शुक्रबार १६:००

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online