काठमाडौँ । सरकारले मध्यपूर्व क्षेत्रको द्वन्द्वरत मुलुकमा कार्यरत नेपाली नागरिकहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको जनाएको छ ।
मध्यपूर्व एसिया द्वन्द्व र इरानमाथिको आक्रमणलगायत नेपाली नागरिकहरूको सुरक्षा सम्बन्धमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरूको सुरक्षाका लागि सम्बन्धित राजदूतावासमार्फत समन्वय गरी स्वास्थ्य र सुरक्षित रहने व्यवस्थापन गरिएको परराष्ट्र मन्त्री बालानन्द शर्माले बताउनुभयो ।
द्वन्द्वका कारण हालसम्म कुनै पनि नेपाली नागरिक हताहत नभएको जानकारी दिनुहुँदै मन्त्री शर्माले विभिन्न मुलुकको यात्रामा रहेका नागरिकलाई समेत सोही स्थानमै सुरक्षित रुपमा रहने वातावरण मिलाइएको बताउनुभयो ।
प्रतिक्रिया