ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

काठमाण्डौ – १ मा रास्वपाका रञ्जु दर्शना विजयी

काठमाण्डौ । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर– १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रञ्जु दर्शना विजयी हुनुभएको छ । यसको औपचारिक घोषणा निर्वाचन आयोगले गर्न बाँकी छ ।

जम्मा २९ हजार ७ सय ७४ मतमध्ये राष्ट्रिय स्वतन्त्र पाार्टीका उम्मेदवार रञ्जु दर्शनाले १५ हजार ४ सय ५५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिनुभयो ।

यसैगरी, नेपाली काँग्रेसले ६ हजार ३ सय ३४, नेकपा एमालेले एक हजार ६ सय १८ र नेपाली कम्युनिष्ट पार्टीले तीन सय ४५ मत प्राप्त गरेको छ ।

प्रत्यक्षतर्फको मतगणना सकिएको भएपनि घोषणा हुन भने बाँकी रहेको मुख्य निर्वाचन अधिकृत खड्काले बताउनुभयो ।
समानुपातिक तर्फको मतगणना निरन्तर भइरहेको छ ।

न्यौपानेको राजनीतिक पृष्ठभूमिः

वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्दै राजनीतिमा सक्रिय हुनुभएकी नेत्री न्यौपाने निर्वाचन अघि विवेकशील साझा पार्टीबाट रास्वपामा प्रवेश गर्नुभएको थियो ।

यसअघि २०७४ मा उहाँ २१ वर्षको उमेरमै काठमाडौँ महानगरपालिकाको प्रमुखको प्रत्यासी हुनुहुुन्थ्यो । उहाँ विवेकशील साझा पार्टीकी पूर्वमहासचिवसमेत हुनुहुन्थ्यो । उहाँले राजनीतिशास्त्र र परामर्श मनोविज्ञानमा स्नातकोत्तर गर्नुभएको छ ।

महिला हिंसाविरुद्ध स्पष्ट र सशक्त आवाज उठाउँदै आउनुभएकी न्यौपानेले थेम्स कलेजमा अध्यापक र निकोलसन इन्टरनेसनल कलेजमा अतिथि प्राध्यापकको भूमिकासहित सामाजिक शिक्षा विषय विशेषज्ञका रुपमा अनुभव बटुल्नुभएको छ ।

सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षधर उहाँ सामाजिक अभिन्ताका रुपमा परिचित हुनुहुन्छ ।

  himalayanvoice.com | २२ फाल्गुन २०८२, शुक्रबार ०१:४७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online