ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

एन्फा राष्ट्रिय लिग : सात खेलपछि फ्रेन्ड्स क्लबको जित

काठमाडौँ । एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबले सात खेलपछि जित हासिल गरेको छ ।

सोमबार बिहान १० बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा फ्रेन्ड्सले श्री भगवती क्लबलाई २–० ले हरायो । फ्रेन्ड्सका लागि मिडफिल्डर प्रशान्त लक्समले गोल गरे । एक गोल फ्रेन्ड्सले आत्मघाती उपहार प्राप्त गर्‍यो । निर्धारित समयको अन्तिम मिनेटमा भगवतीका विवश चौधरीले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

फ्रेन्ड्सले आफ्नो पहिलो खेलमा काँक्रे बिहार क्लबसँग ३–१ को पुनरागमन जित हासिल गरेको थियो । त्यसयता ७ खेलमा फ्रेन्ड्सले जित निकाल्न सकेको थिएन । जितसँगै ९ खेलमा ९ अंक जोड्दै फ्रेन्ड्स १०औँ स्थानमा उक्लिएको छ ।

भगवतीले पछिल्लो खेलमा काँक्रे बिहारलाई नै ६–० ले हराएको थियो । तर, ६ दिनको ब्रेकपछि सोही लयलाई भगवतीले कायम राख्न सकेन । समान खेलमा ८ अंक जोडेको भगवती १३औँ स्थानमा झरेको छ ।

अर्को खेलमा एपीएफ फुटबल क्लबलाई राष्ट्रिय लिगमा प्लानिङ बोइज युनाइटेडले रोकेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार सम्पन्न खेलमा एपीएफ र प्लानिङले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एपीएफको यो तेस्रो बराबरी हो । लिगमा ९ खेल खेलेको एपिएफको २१ अंक जोडेको छ ।

प्लानिङको यो चौथो बराबरी हो, उसको १० खेलबाट १९ अंक छ । २२औँ मिनेटमा कप्तान युवराज खड्काको गोलमा एपीएफले सुरूआती अग्रता लिएको थियो ।

  himalayanvoice.com | २५ फाल्गुन २०८२, सोमबार १५:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online