ट्रेण्डिङ्ग:
|तेहरानलाई दबाब दिन अमेरिकी सेनाले इरानी बन्दरगाहहरू नाकाबन्दी गरेको ट्रम्पको भनाइ|आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै|माछा मार्न जाऔं : तीन वर्षभन्दा बढी समय बन्द रहेको क्यालिफोर्नियामा सालमन माछा मार्ने काम सुचारु|देउडा नाच्दै नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान र वनभोज कार्यक्रम सम्पन्न|ह्वाइट हाउसद्वारा अध्यागमन अदालतहरूमा ‘माफीको युग’ ‘समाप्त’ भएको घोषणा|नेपाल तथा भारतका २८ जना प्राज्ञहरुलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान|‘राम नाम सत्य’ को सुखद ‘ओपनिङ’|वैशाख महिनाका लागि बैँकहरूले ब्याजदर घटाए|छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन|प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको अपराजित यात्रा जारी

‘मेरी छोरी मान्या’ बालकथा सङ्ग्रहको विमोचन

काठमाडौँ। वरिष्ठ आख्यानकार, कवि, साहित्यिक पत्रकार तथा सङ्गठक इन्द्रकुमार श्रेष्ठ ‘सरित्’द्वारा रचित बालकथा सङ्ग्रह ‘मेरी छोरी मान्या’ को विमोचन तथा समीक्षा कार्यक्रम राइजिङ स्टार बोर्डिङ स्कुल, मन्डिखाटारले आयोजना गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ कथाकार भागीरथी श्रेष्ठले उक्त बालकथा सङ्ग्रहको विमोचन गर्दै इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ एक समर्पित र अब्बल कथाकार भएको बताउनुभयो। उहाँले बालमनोविज्ञानलाई आत्मसात् गर्दै ‘सरित्’ले रचना गर्नुभएको ‘मेरी छोरी मान्या’ उत्कृष्ट बालकथा सङ्ग्रह भएको चर्चा गर्नुभयो। ती कथाहरूले बालबालिकालाई जीवन र समाज बुझ्न सहज बनाएको उहाँको भनाइ थियो।

विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमलाले कथाकार इन्द्रकुमार श्रेष्ठ ‘सरित्’द्वारा रचित ‘मेरी छोरी मान्या’ मूलतः बालबालिकाको चेतनास्तर र मनोविज्ञानलाई केन्द्रमा राखेर लेखिएको कृति भएको बताउनुभयो। उहाँले कृतिमा समाजको सौन्दर्य, गतिविधि र परिवेशलाई प्रस्तुत गर्न खोजिएको उल्लेख गर्दै त्यसमा समेटिएका बालकथाहरू बालबालिकालाई उत्प्रेरित गर्ने खालका रहेको बताउनुभयो। साथै सरित्को लेखन क्षमता बहुआयामिक विशेषतासहित प्रस्तुत भएको उहाँले उल्लेख गर्नुभयो।

विशेष अतिथि साहित्यकार लक्ष्मी उप्रेतीले कथाकार सरित्को लेखनमा बालमनोविज्ञान प्रभावकारी रूपमा अभिव्यक्त भएको बताउनुभयो।

साहित्यकार तथा समालोचक डा। छायादत्त न्यौपानेले सरित्को बालकथा सङ्ग्रह ‘मेरी छोरी मान्या’ ले बालसाहित्य सिर्जनामा विद्यार्थीलाई प्रोत्साहित गर्न सफल रहेको बताउनुभयो। उहाँले समाजमा व्याप्त विकृति र विसङ्गतिविरुद्ध ती कथाहरूले जीवन, समाज र ज्ञानबीचको सम्बन्धलाई स्पष्ट रूपमा प्रस्तुत गरेको उल्लेख गर्नुभयो।

आफ्नो विमोचित कृति ‘मेरी छोरी मान्या’ का सर्जक तथा वरिष्ठ आख्यानकार इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ले बालसाहित्य कुनै ‘टेबलवर्क’ जस्तो मात्र नभई आफू बाँचेको समयको बालमनोविज्ञानमा आधारित हुनुपर्ने बताउनुभयो। लेखकले सामयिक घटना, पात्र र उद्देश्यलाई सन्तुलित रूपमा प्रस्तुत गर्न सक्नुपर्ने उल्लेख गर्दै यही नै समाजपयोगी बालसाहित्य लेखनको मेरुदण्ड बन्ने उहाँले बताउनुभयो।

कार्यक्रमका सभाध्यक्ष तथा राइजिङ स्टार बोर्डिङ स्कुल, मन्डिखाटारका प्रिन्सिपल कृष्णकुमार बहोराले विद्यालयले विद्यार्थीहरूलाई नियमित पठनपाठनसँगै सिर्जनात्मक गतिविधिमा पनि सक्रिय बनाउँदै आएको बताउनुभयो। कथाकार सरित्द्वारा रचित ‘मेरी छोरी मान्या’ प्रेरणादायी र पठनीय कृति भएकाले विद्यालयले विमोचन तथा समीक्षात्मक कार्यक्रम आयोजना गरेको उहाँले जानकारी दिनुभयो।

राइजिङ स्टार बोर्डिङ स्कुलद्वारा आयोजित उक्त कार्यक्रममा साहित्यकार श्रीराम क्षेत्री र डा। रचना नकर्मी लगायतले पनि आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। लोकार्पित कृतिमाथि विद्यालयका विद्यार्थी उत्सान गिरी, स्मृति, प्रमिशा कँडेल र रिसिका गुरुङले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको छ। कार्यक्रमको सञ्चालन साम्राज्ञी दाहाल र सृष्टि अधिकारीले गर्नुभएको थियो।

  himalayanvoice.com | २६ फाल्गुन २०८२, मंगलवार २२:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online