काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ।
ओलीका पिता मोहन ओलीको गएराति ९६ वर्षको उमेरमा भक्तपुरको गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो। उहाँ केही समयदेखि अस्वस्थ रहनुभएको बताइएको छ।
उहाँको पार्थिव शरीर ओली निवास गुण्डु लगिने तयारी गरिएको छ भने आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।
प्रतिक्रिया