ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

वीरगंज भन्सारद्वारा ८ महिनामा १ खर्ब ५४ अर्ब ८४ करोड राजस्व संकलन

वीरगञ्ज। देशकै मुख्य भन्सार नाकाको रुपमा रहेको बीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८२/०८३ को ८ महिनाको अवधि अर्थात् फागुन मसान्त सम्ममा १ खर्ब ५४ अर्ब ८४ करोड राजस्व संकलन गरेको छ । 

अर्थ मन्त्रालय भन्सार विभागले वीरगंज भन्सार कार्यालय (आईसीपी) लाई फागुन मसान्त सम्म ८ महिनाको लागी १ खर्ब ७५ अर्ब ३१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य तोकेको भए पनि सो समयमा भएका विभिन्न आन्दोलन, निर्वाचन, बर्षायामको कारण भन्सार प्रभावित हुनुको साथै माल सामानको आयात समेत घटेको हुँदा लक्ष्य अनुसारको राजस्व संकलन प्रभावित भएको वीरगंज भन्सार कार्यालय (आईसिपी) का प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो ।

आईसिपी बीरगंजले ८ महिनाको अवधिमा तोकिएको लक्ष्य भन्दा ११ दशमलब ६८ प्रतिशत कम राजस्व संकलन गरेको छ ।

अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा ८ महिनामा २० अर्ब ४७ करोड कम राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

देशकै दुई ठूला भन्सार कार्यालय वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय गाभिएको ८ महिनाको अवधिमा आईसिपी भन्सारले सो परिमाणमा राजश्व सङ्कलन गर्न सकेको प्रमुख भन्सार प्रशासक मैनालीले बताउनुभयो ।

प्रमुख भन्सार प्रशासक मैनालीले पेट्रोलियम पदार्थको आयातमा कमी, निर्वाचन, र वर्षायाम, डुबानको कारण पनि राजश्व असुली लक्ष्य भेट्टाउन नसकिएको बताउँदै गत आर्थिक वर्षको ८ महिनाको अवधिमा भन्दा भन्दा चालु आवको ८ महिनामा भने बढी राजश्व सङ्कलन गर्न सफलता मिलेको जानकारी दिनुभयो ।

गत आर्थिक बर्ष २०८१/०८२ को ८ महिनाको अवधिमा  यस भन्सारले १ खर्ब ४१  अर्ब ४२ करोड २ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । सो अवधिमा अर्थ मन्त्रालय भन्सार विभागले १ खर्ब ७१ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य तोकेकोको थियो ।

वीरगन्ज भन्सारले गतबर्षको ८ महिनाको तुलनामा चालु आर्थिक वर्ष ०८२/०८३ को ८ महिनाको अवधिमा १३ अर्ब ४२ करोड बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।

चालु आर्थिक वर्ष ०८२/०८३ मा वीरगंज भन्सारलाई अर्थ मन्त्रालयबाट  २ खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य दिइएको वीरगंज भन्सारका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो ।

यता चालु आर्थिक वर्ष ०८२/०८३ को फागुन महिनामा मात्रै अर्थ मन्त्रालय भन्सार विभागले वीरगंज भन्सार कार्यालय (आईसीपी) लाई २१ अर्ब ४७ करोड  रुपैयाँ राजश्व असुलीको  लक्ष्य तोकेकोमा १९ अर्ब ३४ करोड  रुपैयाँ राजश्व असुली भएको प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले बताउनुभयो ।

फागुन महिनामा बीरगंज भन्सारले तोकिएको लक्ष्यको ९० दशमलब ८ प्रतिशत राजस्व असुली गरेको प्रमुख भन्सार प्रशासक मैनालीले  जानकारी दिनुभयो ।

  himalayanvoice.com | २ चैत्र २०८२, सोमबार १५:४६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online