ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

श्रीराम ग्यास उद्योगमा ६ हजार ३७७ वटा सिलिन्डर स्टक फेला

काठमाडौँ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक गरेर राखिएको फेला परेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको बजार अनुगमन टोली उद्योगको डिपोमा पुग्दा ६ हजार ३ सय ७७ वटा भरिएका ग्यास सिलिन्डर स्टोर गरेर राखिएको फेला पारेको हो ।

अनुगमनका क्रममा श्रीराम ग्यास उद्योगले १४.२ केजीका ६ हजार ३ सय ७७ वटा सिलिन्डर डिपोमा थुपारेर राखेको तर बजारमा पठाउन आनाकानी गरेको पाएपछि विभागले अनुचित व्यापारिक क्रियाकलाप’ गरेको कसुरमा उद्योगलाई ३ लाख रुपैयाँ तत्काल जरिबाना गरेको छ ।

विभागले जरिबाना मात्र नगरी मौज्दात अवस्थामा रहेका सबै ६ हजार ३ सय ७७ वटा सिलिन्डरहरू नेपाल आयल निगमको समन्वयमा उपभोक्तालाई बिक्री वितरण गर्न निर्देशन दिएको विभागका महानिर्देशक रोशन ज्ञवालीले जानकारी दिनुभयो  ।

  himalayanvoice.com | २ चैत्र २०८२, सोमबार १५:५५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online