ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट हुण्डीको रकमसहित यहाँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गाका २८ वर्षीय सागर गिरी र सोही स्थानका २८ वर्षीय प्रमोदप्रसाद धिताललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले अभौतिक मुद्राको कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग तीन थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटेको रु २७ लाख ३० हजार चेक, विभिन्न बैंकका एटिएम चार थान, नागरिकता एक थान, चारपाङ्ग्रे सवारीसाधन दुई थान, दुईपाङ्ग्रे सवारीसाधन एक थान, सवारी दर्ता किताब तीन थान बरामद गरिएको उहाँले बताउनुभयो ।

यसैगरी, विभिन्न कम्पनीका मोबाइल छ थान, एनसेल, एनटिसीको सिम ३१ थान, कम्प्युटर एक थान बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । रासस

  himalayanvoice.com | २ चैत्र २०८२, सोमबार १५:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online