ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

न्याय सम्पादनमा न्यायालय चुक्नु हुँदैन : प्रधानन्यायाधीश राउत

घोराही । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय सम्पादनमा न्यायालय चुक्न नहुने बताउनुभएको छ । मङ्गलवार घोराही आउनुभएका प्रधानन्यायाधीश राउतले निष्पक्ष न्याय सम्पादनको काममा न्यायाधीश र कर्मचारी जिम्मेवार हुन जरुरी रहेको बताउनुभएको हो ।

त्यसका लागि पुरानो सोच र चिन्तनलाई छोडी निष्पक्ष र प्रभावकारी न्याय सम्पादनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । सेवाग्राहीलाई हिजोको भन्दा फरक तरिकाले व्यवहार गर्ने बेला आएको भन्दै प्रधानन्यायाधीश राउतले भन्नुभयो, “हिजोको दिनमा केही कमजोरी भएको रहेछ भने पनि अब सुधार्दै अघि बढ्नुपर्छ । हिजोभन्दा अझ राम्रो काम गर्ने बेला आएको छ । हामीले आफैँभित्र निर्मम समीक्षा गर्दै अघि बढ्नुपर्छ ।” समाजमा असल मानिसहरू पनि छन् भन्ने सन्देश दिने गरी काम गर्न प्रधानन्यायाधीश राउतले न्यायाधीश र कर्मचारीलाई आग्रह गर्नुभयो ।

अदालतप्रतिको विश्वास बढाउन न्याय सम्पादनमा निष्पक्षता र प्रभावकारिता जरुरी रहेको धारणा उहाँले राख्नुभयो । उहाँले अदालत चलेपछि सबै कार्यालय चलायमान हुने भएकाले अदालत नियमित चलायमान हुनुपर्ने बताउनुभयो ।

यसैबिच जेन–जी आन्दोलनका क्रममा दाङ जिल्ला अदालतलाई क्षति हुनबाट जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रहरी हवल्दार सङ्गीता अधिकारीलाई सम्मान गरिएको छ । कार्यक्रममा प्रधानन्यायाधीश राउतले प्रहरी हवल्दार अधिकारीलाई नगद २५ हजार रुपियाँसहित प्रशंसापत्र प्रदान गर्नुभयो । सामाजिक सञ्जालमार्फत अधिकारीको योगदानबारे जानकारी पाएपछि प्रत्यक्ष भेटेर सम्मान गर्ने इच्छा पूरा भएको भन्दै प्रधानन्यायाधीश राउतले न्यायालयप्रति जनताको आस्था र विश्वास जोगाइराख्न सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको बताउनुभयो ।

भदौ २३ र २४ को आन्दोलनका क्रममा देशभरका २३ वटा अदालतमा क्षति पुगेको भन्दै क्षतिग्रस्त संरचनाको पुनःस्थापना गरेर न्याय सेवा दिने काम भइरहेको उहाँले बताउनुभयो ।

  himalayanvoice.com | ३ चैत्र २०८२, मंगलवार १३:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online