ट्रेण्डिङ्ग:
|इरानमाथि अमेरिकी नाकाबन्दीले जहाजहरूलाई कसरी घुम्न अनुमति दियो?|फ्लोरिडाको ‘एलिगेटर अल्काट्राज’ मा गार्डहरूले बन्दीहरूलाई कुटे र खुर्सानी छर्के – वकिल|आइटिएफ टेनिसको सेमिफाइनल समीकरण पूरा|सुनचाँदीको मूल्यमा सामान्य वृद्धि|सुरक्षा संयन्त्रको जाँचबुझ गर्न प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन|तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा|काँग्रेस कार्यबहाक सभापति खड्कालाई सातदिने स्पष्टीकरण|क्यालिफोर्नियाको सानफ्रान्सिस्को सीटीद्वारा नेपाली नयाँ वर्ष वैशाख १ लाई मान्यता|दीपक खड्काको मुद्धामा अनुसन्धान फाइल झिकाउने आदेश|सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

ललितपुरको एकल घोडेजात्रा

पाटन । ललितपुरमा घोडेजात्रा मनाइएको छ । छुट्टै विशेषता भएको जात्रालाई नेवारी भाषामा ‘याकः सल याः’ भनिन्छ । पाटन दरबार क्षेत्रबाट घोडेजात्राका लागि भीमसेन गुठी च्योः खलःका गुठियारले प्रतिनिधित्व गरी घोडसवार गरी बालकुमारीसम्म पुगी घोडेजात्रा मनाइएको हो । 

सर्वसाधारणको उपस्थितिमा रमेश महर्जनले पाटनको मूल चोकमा ‘संरक्षण’ घोडा चढेर जात्राको सुरुवात गर्नुभयो। मल्लकालदेखि सुरु भएको यो जात्रामा स्थानीयको बाक्लो उपस्थिति थियो । मल्ल राजाको प्रतीकसहित सर्वसाधारणले संरक्षण घोडालाई पछ्याउँदा चोकचोकमा घोडेजात्राको रौनकता थपिएको थियो ।

स्थानीयका अनुसार मल्लकालीन राजाले शक्ति प्रदर्शनका लागि घोडा प्रदर्शन गरेको र अहिले त्यसलाई नै निरन्तरता दिइएकाे छ । मल्लकालदेखि नै पाटन दरबार क्षेत्र नजिक बसेका सर्वसाधारणलाई घोडाको तबेला हेरचाहको जिम्मेवारी दिइएको थियो । त्यही समयमा सुरु भएको जात्रालाई आजसम्म निरन्तरता दिइएको हो भन्ने स्थानीयको भनाइ रहेको छ ।

पाटन मङ्गल बजारको मूल चोकबाट यो जात्रा सुरु भएको जात्रा पाटनका भित्री गल्लीको परिक्रमा गरेर बालकुमारी मन्दिर पुगेर टुङ्गिएको हो । जात्रामा दौडाइएको घोडा बालकुमारी मन्दिरदेखि भोल गणेशसम्म तीन पटक ओहोरदोहोर गरेपछि बालकुमारी मन्दिरको परिक्रमा गरिन्छ भने बालकुमारी दोबाटोमा पान खुवाए पछि जात्रा सम्पन्न हुने गरेको छ । यो जात्राको आयोजना ‘भीमसेन गुठी च्योः खलः’ ले गरेको हो ।

  himalayanvoice.com | ४ चैत्र २०८२, बुधबार ०९:५३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online