ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

नेपालगन्जबाट लक्ष्यको ८० प्रतिशत राजस्व सङ्कलन

नेपालगन्ज। पश्चिमका प्रमुख नाकाहरूमध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले आठ महिनाको अवधिमा निर्धारित लक्ष्यको ८० प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ । 

सो कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को आठ महिनामा १५ अर्ब ७७ करोड ११ लाख ५७ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारित गरिएकोमा १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार रुपियाँ अर्थात लक्ष्यको ८०.८८ प्रतिशत राजस्व सङ्कलन गरिएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले गत आर्थिक वर्ष २०८१–८२ को आठ महिनामा लक्ष्यको ७२.४८ प्रतिशत राजस्व सङ्कलन भएकोमा चालु आवमा ८०.८८ प्रतिशत सङ्कलन भई आठ प्रतिशत वृद्धि भएको बताउनुभयो ।

उहाँले लक्ष्यको सबैभन्दा बढी माघ र फागुन महिनामा राजस्व सङ्कलन भएको जनाउँदै माघमा ८८.२४ र फागुनमा ८८.३२ प्रतिशत राजस्व सङ्कलन भएको बताउनुभयो ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आवमा २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपियाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरिएकोमा आठ महिनामा करिब ५२ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ ।

लक्ष्य पूरा गर्नका लागि बाँकी रहेका चार महिनामा ४८ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने देखिएकाले यो वर्ष पनि लक्ष्य पूरा नहुने सङ्केत देखिएको भन्सार कार्यालयका प्रमुख पौडेलले बताउनुभयो ।

गत आर्थिक वर्ष २०८१–८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । त्यसको अघिल्लो आर्थिक २०८०–८१ मा ६३.३५ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।

  himalayanvoice.com | ७ चैत्र २०८२, शनिबार १४:०८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online