ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

राष्ट्रव्यापी कविता महोत्सव ‘मातृभूमि अर्चना’ कविता प्रथम

काठमाडौँ । साहित्य सदन नेपालले विश्व कविता दिवसका अवसरमा आयोजना गरेको राष्ट्रव्यापी कविता महोत्सव–२०८२ सम्पन्न भएको छ।

महोत्सव अन्तर्गत आयोजित कविता प्रतियोगितामा पाँचथरकी देवु लुइटेलको ‘मातृभूमि अर्चना’ कविता प्रथम भएको छ । यस्तै मोरङकी शारदा भट्टराईको ‘झुक्दैन नेपाल यो’ द्वितीय तथा सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘सभ्यताको शोकधुन’, दैलेखकी गरिमा पाण्डेयको ‘यहाँ जन्माउनु छ नयाँ बुद्ध’ र चितवनकी शोभा अधिकारीको ‘आदिम हस्ताक्षर’ कविताले तृतीय स्थान प्राप्त गरेका छन् ।

प्रतियोगिताका लागि प्राप्त १७१ कवितामध्येबाट उत्कृष्ट पाँचको वाचनपछि मूल्याङ्कनकर्ताद्वय खेमराज निरौला र ज्ञानु अधिकारीले नतिजा घोषणा गर्नुभएको थियो । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपियाँ राशिको पुरस्कार प्रदान गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा. वासुदेव त्रिपाठीले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको कार्यक्रममा तीन दर्जनभन्दा बढी स्थापित कविले आफ्ना रचना वाचन गर्नुभएको थियो । महोत्सवमा सदनका संस्थापक एवं प्रमुख संरक्षक स्व. अमिर थापाको सम्मानमा एक मिनेट मौन धारणसमेत गरिएको थियो ।

सदनका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलको अध्यक्षतामा सम्पन्न महोत्सवमा पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वउपकुलपति विष्णुविभु घिमिरे, प्रा.डा. जीवेन्द्रदेव गिरी, प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’, पूर्वमन्त्री शान्ता मानवीलगायतको उपस्थिति थियो । सदनका सचिव प्रह्लाद पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सीता भट्टराईले गर्नुभएको थियो ।

  himalayanvoice.com | ८ चैत्र २०८२, आईतवार ११:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online