ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

भारतमा पाँच नेपाली साहित्यकारलाई ‘नेपाल–भारत मैत्री सम्मान’

नेपालगन्ज । काशी हिन्दी विद्यापीठ एवम् अखिल भारतीय लेखक कवि कलाकार परिषदद्वारा संयुक्तरूपमा भारतको बनारसमा आयोजित एक कार्यक्रममा नेपालका पाँच जना वरिष्ठ साहित्यकारलाई सम्मान गरिएको छ ।

भारतका पूर्व सांसद वरिष्ठ साहित्यकार ओमपाल सिंह ‘निडर’ र अखिल भारतीय लेखक कवि कलाकार परिषदका संस्थापक इन्द्रजित तिवारीले संयुक्त रूपमा नेपाली साहित्यकारहरू डा.हरि तिमिल्सिना, डा.राजकुमार थारू, कल्पना पौडेल, मीना कुमारी बराल र ऋषिराम सापकोटालाई ‘नेपाल–भारत मैत्री सम्मान’ बाट सम्मानित गर्नुभयो ।

सो अवसरमा बोल्दै भारतका पूर्व सांसद वरिष्ठ साहित्यकार ओमपाल सिंह ‘निडर’ले नेपाल र भारतको सम्बन्ध राजनितिक मात्र नभई साहित्यिक, सांस्कृतिक र आर्थिक रूपमा पनि निकै बलियो तथा पुरानो रहेको बताउनुभयो ।

उहाँले सदियौंदेखि नेपाल र भारतबिचको साहित्यिक सम्बन्धले दुबै देशका नागरिकबिचको सम्बन्धलाई सुदृढ गर्ने कार्य गरिरहेको बताउनुभयो ।

सोही अवसरमा अखिल भारतीय लेखक कवि कलाकार परिषदका संस्थापक इन्द्रजित तिवारी र नेपालका वरिष्ठ साहित्यकार डा.हरि तिमिल्सिनाले पनि नेपाल र भारतबिचको साहित्यिक सम्बन्धबारे विस्तृत रूपमा चर्चा गर्नुभयो ।

कार्यक्रममा भारतीय वरिष्ठ साहित्यकारहरू डा. महेन्द्र तिवारी ‘अलंकार’, सिद्धनाथ शर्मा ‘सिद्ध’, जयशंकर सिंह, इन्द्रजीत तिवारी ‘निर्भीक’, किशन पौडेल, राजाबाबु पहाडी, मृत्युंजय त्रिपाठी ‘मलंग’, पूनम गुप्ता ‘पूर्वी’, ओमप्रकाश पाण्डेय ‘निर्भय’, ओमप्रकाश द्विवेदी ‘ओम्’, नाट्यकर्मी विजय कुमार गुप्ता, दिवाकर पाठक, डा. शिवनाथ सिंह ‘शिव’, आनन्द श्रीवास्तव, उषा साह, डा. वीना सिंह ‘रागी’, डा. सुबाषचन्द्र, झरना मुखर्जी, डा. जयप्रकाश मिश्र, विजय नारायण तिवारी ‘रसिक’, राकेश चौबे ‘संगम’, अनुज दूबे लगायत धेरै साहित्यकार तथा कलाकारहरूले आफ्नो काव्य र कला प्रस्तुत गर्नुभएको थियो ।

सोही प्रकारले नेपालका वरिष्ठ साहित्यकारहरु डा. हरि तिमिल्सिना, कल्पना पौडेल ‘जिज्ञासु’, श्रीराम सापकोटा ‘अविचल’, मीना बराल र डा. राजकुमार थारूले पनि आफ्नो कविता र गजल प्रस्तुत गर्नुभएको थियो ।

  himalayanvoice.com | ९ चैत्र २०८२, सोमबार ११:३३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online