ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

नेपाली कांग्रेस गगन समुहले पार्टीको १५ औँ महाधिवेशन भदौमा गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले गगन समुहले पार्टीको १५ औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिले तयार पारेको प्रस्तावअनुसार २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौँमा महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रस्तावित कार्यतालिकाअनुसार देशैभरका ६ हजार ७४३ वटै वडामा साउन ६ गते एकैसाथ अधिवेशन हुने पार्टीका सभापति गगनकुमार थापाले जानकारी दिए । त्यसैगरी, साउन १२ गते गाउँ र नगरपालिकाको अधिवेशन सम्पन्न गरिने कांग्रेसले जनाएको छ ।

साउन २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुनेछ । जिल्ला अधिवेशन भदौ ६ र ७ गतेका लागि तय गरिएको छ भने प्रदेश अधिवेशन भदौ १५ र १६ गते हुनेछ ।

यो कार्यतालिका पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने सभापति थापाले बताए ।

  himalayanvoice.com | १० चैत्र २०८२, मंगलवार १३:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online