ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

जिप दुर्घटनामा छ जना घाइते

नवलपुर । नवलपुरको बुलिङटार गाउँपालिका–६ घुमरीघाटस्थित कालीगण्डकी करिडोर सडकखण्डमा बलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

गएराति नारायणगढबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ज ०३६६ नम्बरको बलेरो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकसहित सात जना सवारमध्ये ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षम अनिल पण्डितले जानकारी दिनुभयो । घाइतेहरूलाई प्रहरीले उद्धार गरी उपचारका लागि रकुवा स्वास्थ्य चौकी डेढगाउँ पठाएको छ।

घाइते हुनेमा बुलिङटार–६ खजुरीकी २५ वर्षीया सपना कंडेल, तनहुँ घिरिङ–१ का २४ वर्षीय राजेश कुमाल, सोही ठाउँका २२ वर्षीय शीतल कुमाल, स्याङ्जा चापाकोट–९ की २८ वर्षीया अस्मिता देवकोटा, स्याङ्जा वालिङ–१० का २८ वर्षीय कृष्ण गैरे र पाल्पा रामपुर–२ सिताकुण्डकी १९ वर्षीया सलिना राना रहेको पण्डितले जानकारी दिनुभयो ।

बलेरो चालक पाल्पा रामपुर नगरपालिका–२ का २९ वर्षीय ताराबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

  himalayanvoice.com | ११ चैत्र २०८२, बुधबार २२:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online