ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध

बनेपा । शुक्रबार साँझ परेको वर्षाका कारण पूर्वी तराई र पहाडी जिल्ला जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार रोसी खोलामा पानीको बहाव बढेकाले राजमार्ग सञ्चालन असम्भव भएको हो।

प्रहरीका अनुसार बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोसी गाउँपालिका–७ घुमाउने, रोसी गाउँपालिका–९ विरुवाडाँडा र रोसी गाउँपालिका–११ कालढुङ्गामा सडक पूर्ण रूपमा अवरुद्ध छ। अवरुद्ध सडक खोल्न सडक डिभिजन भक्तपुर र निर्माण व्यवसायीसँग समन्वय भइरहेको प्रहरीले जानकारी दिएको छ।

सर्वसाधारणलाई बीपी राजमार्ग प्रयोग गर्नुअघि सडकको अवस्था बुझ्न र सतर्क रहन प्रहरीले आग्रह गरेको छ। गत वर्षको असोज महिनामा बाढीले विपी राजमार्गअन्तर्गत भकुण्डेबेशीदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो।

यसैबिच, वर्षाका कारण रोसी खोलामा आएको बाढीले बगाउँदा राजमार्ग निर्माणमा कार्यरत रोसी गाउँपालिका–७ का कुन्साङ तामाङको मृत्यु भएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो।

  himalayanvoice.com | १४ चैत्र २०८२, शनिबार ०१:५७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online