ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुने भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनामा अनुसन्धानका लागि पक्राउ परेका उहाँहरूका तर्फबाट बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको हो। ओलीका तर्फबाट राधिका शाक्य र लेखकका तर्फबाट यशोदा लेखकले निवेदन दर्ता गराउनुभएकाे हाे।

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदैछ।

गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइको माग गर्दै आइतबार दायर गरिएको रिटमा सोमबारका लागि पेसी तोकिएको हो।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनामा अनुसन्धानका लागि पक्राउ परेका उहाँहरूका तर्फबाट बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको हो। ओलीका तर्फबाट राधिका शाक्य र लेखकका तर्फबाट यशोदा लेखकले निवेदन दर्ता गराउनुभएकाे हाे।

जेन–जी आन्दोलनका क्रममा भएको दमनमा जिम्मेवार ठहर गर्दै गठन गरिएको छानबिन आयोगले उहाँहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही प्रतिवेदनका आधारमा वर्तमान सरकारले शनिबार उहाँहरूलाई पक्राउ गरेको हो।

अब अदालतको सुनुवाइबाट उहाँहरूको थुनाको वैधता र रिहाइबारे निर्णय हुने अपेक्षा गरिएको छ।

  himalayanvoice.com | १६ चैत्र २०८२, सोमबार ००:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online