ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

सभामुख चयनका लागि चैत्र २२ गते निर्वाचन हुने

काठमाडौँ । प्रतिनिधि सभाको सभामुख चयनका लागि चैत्र २२ गते आइतबार निर्वाचन हुने भएको छ । 

भोली देखी सुरु हुने प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूची तय गर्न आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सभामुख चयनका लागि भोलीको बैठकबाट नै प्रक्रिया अगाडि बढाउने र २२ गते निर्वाचन गर्ने सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं सांसद कविन्द्र बुर्लाकोटीले जानकारी जानकारी दिनुभयो ।

सर्वदलीय बैठकले पर्सी २० गतेका शुक्रबार सभामुख चयनका लागि मनोनयन दर्ता र २२ गते निर्वाचन गर्ने गरी भोलीको बैठकमा सभामुख निर्वाचन कार्यतालिका पेश गर्ने सहमति भएको सांसद बुर्लाकोटीले बताउनुभयो ।

यस्तै भोलीको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूले बोल्ने, बैठक सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गर्ने लगायतका विषयमा छलफल भएको बैठक पछि नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद एवं पूर्व मन्त्री वर्षमान पुनले बताउनुभयो ।

यस्तै बैठकमा कार्यव्यवस्था समिति र संसदीय समितिहरूमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व सुनिश्चित हुने गरी नियमावली तथा अन्य प्रबन्ध मिलाउन आफ्नो दलको तर्फबाट प्रस्ताव गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले बताउनुभयो ।

  himalayanvoice.com | १८ चैत्र २०८२, बुधबार १५:१३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online