ट्रेण्डिङ्ग:
|इरानमाथि अमेरिकी नाकाबन्दीले जहाजहरूलाई कसरी घुम्न अनुमति दियो?|फ्लोरिडाको ‘एलिगेटर अल्काट्राज’ मा गार्डहरूले बन्दीहरूलाई कुटे र खुर्सानी छर्के – वकिल|आइटिएफ टेनिसको सेमिफाइनल समीकरण पूरा|सुनचाँदीको मूल्यमा सामान्य वृद्धि|सुरक्षा संयन्त्रको जाँचबुझ गर्न प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन|तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा|काँग्रेस कार्यबहाक सभापति खड्कालाई सातदिने स्पष्टीकरण|क्यालिफोर्नियाको सानफ्रान्सिस्को सीटीद्वारा नेपाली नयाँ वर्ष वैशाख १ लाई मान्यता|दीपक खड्काको मुद्धामा अनुसन्धान फाइल झिकाउने आदेश|सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

जगदीश घिमिरेको चर्चित उपन्यास ‘साबिति न्युयोर्कको प्रसिद्ध ‘द ट्याङ्क’ थिएटरमा मञ्चन हुँदै

काठमाडौँ । नेपाली साहित्यकार जगदीश घिमिरेको चर्चित उपन्यास ‘साबिति’मा आधारित नाटक ‘साबिति’ न्युयोर्कको मुटुमा अवस्थित प्रसिद्ध थिएटर ‘द ट्याङ्क’मा मञ्चन हुने भएको छ ।

अन्तर्राष्ट्रिय रङ्गमञ्चमा नेपाली कथालाई प्रस्तुत गर्ने यो प्रयास लेखन तथा निर्देशन युवा रङ्गकर्मी विमल सुवेदीले गरेका हुन् । भारतको प्रतिष्ठित नेसनल स्कुल अफ ड्रामाबाट स्नातक गरेका सुवेदीले नाटकलाई न्युयोर्कको सन्दर्भ र त्यहाँका दर्शकको मनोविज्ञान अनुसार पुनर्लेखन तथा रूपान्तरण गरेका छन् ।

नाटकको अर्को मुख्य आकर्षण यसको कलाकार टोली हो । बलिउड चलचित्र ‘लुटेरा’की अभिनेत्री स्वच्छता गुहाले यसमा शीर्ष भूमिका (साबिति) निर्वाह गर्नेछिन् । उनीसँगै दर्जनौँ हलिउड चलचित्रमा काम गरिसकेका अमेरिकी कलाकार जड मेयर्स र नेपाली मूलका अमेरिकी कलाकार नवल राईको पनि अभिनय रहनेछ ।

उपन्यासमा एक विपन्न पुरुष पात्रको कथामार्फत समाजको चित्रण गरिएको भए पनि नाट्य रूपान्तरणमा सुवेदीले महिला पात्रलाई केन्द्रमा राखेका छन् । नाटकले महिलाको आवाज र सशक्तीकरणलाई मुखरित गर्दै सामाजिक संस्थाहरूको संरचनामाथि गम्भीर प्रश्न उठाउनेछ ।

नाटक मञ्चनका लागि न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले सांस्कृतिक कूटनीतिको रूपमा प्रवद्र्धन गरेको छ । न्युयोर्कका महावाणिज्यदूत दधिराम भण्डारीले यसलाई नेपाली रङ्गमञ्चको इतिहासमा ‘नयाँ र गौरवपूर्ण अध्याय’ भन्दै मुख्यधारको अमेरिकी थिएटरमा नेपाली कथाले स्थान पाउनु ठुलो उपलब्धि भएको बताए ।

न्युयोर्कको प्रतिष्ठित थिएटर कम्पनी ‘द ट्याङ्क’मा नाटक मञ्चनका लागि पालो पाउन करिब सात महिना कुर्नुपर्ने भए तापनि बिमल सुवेदीको कामबाट प्रभावित भएर निर्देशक मेगन फिनले यसलाई चाँडै मञ्चन गर्ने व्यवस्था मिलाएकी हुन् ।

निर्देशक सुवेदीका अनुसार नाटक दुई चरणमा मञ्चन हुनेछ। पहिलो चरण अप्रिल २६ देखि एक हप्तासम्म चल्नेछ भने दोस्रो चरण मे महिनामा पुनः प्रदर्शन गरिनेछ । न्युयोर्कपछि यो नाटकलाई अमेरिकाका अन्य राज्यहरूमा पनि लैजाने योजना छ ।

  himalayanvoice.com | १९ चैत्र २०८२, बिहीबार १३:२५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online