ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

आज सभामुखका लागि उम्मेदवारी दर्ता, आइतबार निर्वाचन हुने

काठमाडौं । प्रतिनिधिसभाका सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता गरिँदैछ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सभामुख पदको निर्वाचन आइतबार हुने भएको छ।

तालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ। दर्ता भएका उम्मेदवारहरूको नामावली दिउँसो २:३० बजे प्रकाशन गरिने सचिवालयले जनाएको छ। सभामुख पदको निर्वाचन चैत २२ गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट गरिनेछ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुख पदका लागि पार्टी उपसभापति डीपी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

  himalayanvoice.com | १९ चैत्र २०८२, बिहीबार २३:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online