ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

सभामुखमा रास्वपाका डिपी अर्याल निर्विरोध निर्वाचित

काठमाडौँ । प्रतिनिधि सभाको रिक्त सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्यालको एकल उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारी दर्ता गर्ने निर्धारित समयभित्र अर्यालको मात्र प्रस्ताव परेपछि उहाँ निर्विरोध निर्वाचित भएका हुन् ।

सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । सो अवधिमा अर्यालको तर्फबाट मात्र उम्मेदवारी परेपछि अर्याल संसद्को नेतृत्व गर्ने तयारीमा जुटेका छन् ।

चैत २२ गते औपचारिक घोषणा

संसद्का प्रवक्ता एकराम गिरीका अनुसार, चैत २२ गते बस्ने प्रतिनिधि सभाको बैठकमा उक्त प्रस्ताव पेस गरिने कार्यसूची रहेको छ । बैठकमा प्रस्तावक र समर्थकले आफ्नो धारणा राखेपछि अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ ।

प्रवक्ता गिरीले भन्नुभयो, “निर्वाचित घोषणा भएलगत्तै उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने छ र त्यसपछिको बैठक सञ्चालनको जिम्मेवारी सम्हाल्नुहुने छ ।”

विगत केही समयदेखि सभामुख पद रिक्त रहँदा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठकको अध्यक्षता गर्दै आउनुभएको छ । नयाँ सभामुख चयन भएसँगै संसद्ले पूर्णकालीन नेतृत्व पाउने भएको छ ।

  himalayanvoice.com | २० चैत्र २०८२, शुक्रबार १३:४१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online