ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

लमजुङमा भएको जिप दुर्घटनामा  दुई जनाको मृत्यु, ११ घाइते

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ उस्ताबेँसीमा शनिबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका–७ उस्ताकी ४० वर्षीया गङ्गामाया भन्ने त्रिवेणी गुरुङ र सोही ठाउँकी ३५ वर्षीया पुष्प घले रहनुभएको छ । सदरमुकाम बेँसीसहरदेखि मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलातर्फ जाँदै गरेको यात्रीवाहक बोलेरो जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार घाइते हुनेमा मर्स्याङ्दी गाउँपालिका–७ की ४० वर्षीया विमलादेवी घले, ३३ वर्षीया रीता गुरुङ, ७ वर्षीय सफल गुरुङ, ६२ वर्षीय सन्तबहादुर घर्ती, ३१ वर्षीय प्रकाश गुरुङ र २९ वर्षीय करण अधिकारी रहनुभएको छ ।

यसैगरी घाइते हुनेमा १० वर्षीया प्रिशिका गुरुङ, ३८ वर्षीय सोमलाल तामाङ, १४ वर्षीय विमान घले, ९ वर्षीय इन्द्र घले र ४८ वर्षीय रुद्रमान घले रहनुभएको छ ।

ग १ ज ६४७० नम्बरको जिप शनिबार अपराह्न साढे ४ बजेतिर उस्ताबेँसीको उकालो घुमाउरो सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार घाइते सबैलाई उपचारका लागि बेँसीसहरस्थित लमजुङ प्रादेशिक अस्पताल ल्याइएको छ । तीमध्ये गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको छ ।

दुर्घटनामा चालकसमेत घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  himalayanvoice.com | २१ चैत्र २०८२, शनिबार १२:०५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online