ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा प्रस्तुत गरिने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) का प्रतिनिधिसँग सिंहदरबारस्थित कार्यकक्षमा आज भएको छलफलमा उहाँले वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै सरकारको नीति राजनीतिक सुशासनसँगै आर्थिक सुशासन कायम गर्ने रहेको बताउनुभएकाे हाे ।

बजेटमा सरकारी स्वामित्वका संस्थानहरूको व्यवस्थापनका लागि महत्त्वपूर्ण समेटिने बताउँदै मन्त्री डा वाग्लेले गोरखकालीलगायत केही संस्थानलाई कुन ‘मोडालिटी’ मा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको उल्लेख गर्नुभयो ।

सरकारले अघि बढाएको सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धानबाट केही समूह अतालिएको बताउँदै उहाँले अनुसन्धान थप सशक्त बनाउदै नियमविपरीत कारोबार गर्नेलाई आवश्यक कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुलुकलाई ‘ग्रे लिस्ट’ बाट हटाउन पनि सरकारले सम्पत्ती शुद्धीकरणबारे अनुसन्धान सुरु गर्नुपरेको जानकारी दिँदै मन्त्री वाग्लेले वर्षौँदेखि अनुसन्धान भएर थन्केका मुद्दाहरूलाई अगाडि बढाइएको स्पष्ट पार्नुभयो ।

उहाँले मध्यपूर्वमा बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै सरकारले आवश्यक सावधानी अपनाएको र दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको जानकारी दिनुभयो । मन्त्री डा वाग्लेले युद्धग्रस्त देशमा रहेका २५ लाख नेपालीलाई स्वदेश फर्काउने भन्दा पनि समस्या परेका नेपालीलाई प्राथमिकताका साथ उद्धार गर्ने काम भइरहेको उल्लेख गर्नुभयो ।

नाफिज अध्यक्ष मेनुका कार्कीले सरकारले प्रत्येक वर्ष ठूलो आकारको बजेट ल्याउने र कार्यान्वयनमा समस्या हुने हुँदा त्यसको विकल्पमा देशले आर्थिक विकासमा फड्को मार्ने गरी नीति कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । रासस

  himalayanvoice.com | २३ चैत्र २०८२, सोमबार १२:२४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online