ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

योजना आयोगको उपाध्यक्षमा डा. भट्ट नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मङ्गलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डोटी निवासी डा. भट्टलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले राष्ट्र बैँकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एक पदमा कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरिएको बताउनुभयो ।

मन्त्रिपरिषद्ले पेट्रोलियम पदार्थको बढ्दो मूल्य र आपूर्तिमा देखिएको चापलाई सम्बोधन गर्न विशेष प्याकेज घोषणा गरेको छ । मन्त्री रावलका अनुसार पेट्रोलियम पदार्थ आयातमा लाग्दै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ । पछिल्लो १५ दिनमा मात्रै नेपाल आयल निगम ११ अर्ब रुपियाँभन्दा बढी घाटामा गएकाले मूल्य समायोजन र कर छुटको बाटो अपनाउनुपरेको सरकारको भनाइ छ ।

 

  himalayanvoice.com | २४ चैत्र २०८२, मंगलवार ११:०१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online