ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

तृप्तिको स्वरमा ‘वनको काफल’

काठमाडौँ । गायिका तृप्ति खड्का गुरुङको स्वरमा ‘वनको काफल’ बोलको गीत सार्वजनिक भएको छ । डा. हरि उप्रेतीले लेख्नुभएको प्रेमिल लोकशैलीको गीतमा भावनात्मक गहिराइ, ग्रामीण परिवेशको सुगन्ध र प्रेमको आत्मीय अनुभूति झल्कन्छ । गायिका खड्कालाई स्वरमा गणेश प्रधानले साथ दिनुभएको छ । गायिका खड्काकै सङ्गीतमा तयार भएको गीत गणेश प्रधानको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतले साँचो प्रेम भनेको केवल अनुभूति होइन, त्यो जीवन जिउने आधार, सहयात्रा र आत्मिक एकताको रूप हो भन्ने सन्देश दिने गायिका खड्काले बताउनुभयो ।

सारेगम स्टुडियो र आर एन्ड बी स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ, मास्टरिङ नरेश पाण्डेले गर्नुभएको छ भने भिडियोमा विजय गुरुङ र निरुता विष्टको अभिनय रहेको छ । खगेन्द्र गिरीको कोरियोग्राफी रहेको भिडियोमा शृङ्गार कविन खड्काले गर्नुभएको छ । प्रकाश खड्का र समूहको छायाङ्कन एवं मिलन विश्वकर्मा कलर र सम्पादन रहेको गीतको निर्देशन कलाकार गुरुङले गर्नुभएको हो ।

  himalayanvoice.com | २६ चैत्र २०८२, बिहीबार १३:०७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online